देउवाले पाए उच्च महत्व

देउवाले पाए उच्च महत्व


deuwa-2

नेपाली काङ्गे्रसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण अत्यन्त फलदायी हुन पुगेको छ । इन्डिया फाउन्डेसनद्वारा गोवामा आयोजित उच्चस्तरीय गोष्ठीमा मुख्य वक्ताका रूपमा सहभागी हुन आमन्त्रण गरिनुभएका देउवालाई विश्वविख्यात जवाहरलाल नेहरू विश्वविद्यालयले एक समारोहबीच मानार्थ विद्यावारिधिको उपाधि पनि अर्पण गरेको छ । देउवासँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित सत्ता पक्ष र विपक्षका उच्चस्तरीय नेताहरूको भेटवार्ता भएको छ । त्यस्तै, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसहित नीति निर्माण तहमा रहेका अन्य उच्चाधिकारीहरूसँग पनि सभापति देउवाको महत्वपूर्ण बैठक तथा छलफल भएको छ । महत्वपूर्ण बैठक र भेटघाटमा व्यस्त रहनुपरेकै कारण देउवाको भ्रमण पूर्वनिर्धारण गरिएकोभन्दा केही लम्बिएको छ । कात्तिक १९ गते भारत प्रस्थान गर्नुभएका देउवा कात्तिक २३ गते मंगलबार स्वदेश फर्कनुहुने कार्यक्रम रहेकोमा उहाँ एक दिनपछि बुधबार स्वदेश फर्कंदै हुनुहुन्छ । देउवाको यस भ्रमणले नेपाल–भारतबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने र उहाँ स्वयम्प्रति रहेको संसय पनि अन्त्य गर्ने विश्वास गरिएको छ ।