राजनीतिक दलहरूले यसबाट केही सिक्लान् ?

राजनीतिक दलहरूले यसबाट केही सिक्लान् ?


-वसन्तराज कुँवर
त्यतिबेला पूर्व-पश्चिम राजमार्गले बरि्दया जिल्ला छोएको थिएन त्यसैले हाल आरक्षण भएको स्थानमा पुग्न एकदमै कठिन थियो । नदी तर्नुपर्ने, जङ्गल छिचोल्नुपर्ने बाध्यता हुन्थ्यो, सदरमुकाम गुलरियाबाट बरि्दयाको उत्तरी भेग पुग्न । एक दिन आरक्षक सँगैको एक गाउँमा कुनै महिलाको हत्या भएछ । म बरि्दयामा इन्स्पेक्टरका रूपमा कार्यरत थिएँ । आवश्यक कारबाहीका लागि म त्यसतर्फ जानुपर्ने भयो । वषर्ाको याम थियो । पहिला गुलरीयाबाट पश्चिमतर्फ पैदल लागि कर्णाली नदीको तिरैतिर हिँड्दै उत्तरतर्फ लाग्नुपर्ने रहेछ । बाटामा खानुपर्छ भनेर रोटी तरकारी पोको पारियो । रातको ८ बजेतिर घटनास्थलमा बल्लबल्ल पुगेँ । चुक घोप्ट्याएझैं अँध्यारोबीच कुलोको डिलमा सानो छाप्रो रहेछ । त्यही छाप्रोमा उक्त महिलाको हत्या भएको रहेछ । छाप्रोबाहिर आगो बालेर केही थारू जातिका स्थानीयवासीहरूले दुईजना व्यक्तिलाई पाता कसेर किलामा बाँधेका रहेछन् । म पुग्नेबित्तिकै त्यहाँ चहलपहल बढ्यो । दिँउसो खाएको रोटीबाहेक त्यहाँ रातमा खान पाइने सम्भावना थिएन । मैले रातमा डोरीले बाँधिएको व्यक्तिहरूलाई सोधपुछ गरेँ । उनीहरू दाजु र भाइ रहेछन् र दाजुचाहिँले नै आफ्नी श्रीमतीलाई काठको मुङ्ग्रोले हानेर मारेका र भाइबुहारीलेचाहिँ त्यो लासलाई नजिकै कुलोको पानीमा फाल्न मद्दत गरेका कारण ती तीनैजनालाई दोषी मानी गाउँलेले पाता फर्काएर राखेका रहेछन् । मैले आरोपको बारेमा ती दाजुभाइलाई सोधेँ, उनीहरूले सहज रूपमा टाउकोमा मुङ्ग्राले हानेको र कुलोमा हाल्न मद्दत गरेको कुरा स्वीकार गरे । उनीहरूको बोलीमा कतै पश्चात्ताप थिएन । यो देखेर मलाई अचम्म लाग्यो र सोधेँ, ‘तपार्इंहरूले किन यसो गरेको -‘ भाइचाहिँ अलि बोलिरहने स्वभावका थिए । उनले जुम्ली भाषामा भने, ‘मेरा दाजु भारतमा मजदुरी गर्छन् । म घरमा आमा र परिवारको रेखदेख गर्छर्ुु दाइ विदेशमा हुँदा विवाह गर्न पनि ढिलो भयो । उनले यसै महिनामा मात्रै विवाह गरेका हुन् । मेरोचाहिँ बच्चा पनि छ । उनले भन्दै गए, ‘दाजु फेरि भारत र्फकन्छन् । हिजो उनी गाउँ घुम्न गएका थिए, फर्केपछि देउता आएछ र बेसरी काम्न थाले । उनले काम्दै गरेको व्यवहारले हामी सबै डरायौँ । भाउजू ढोकैमा थिइन् । उनलाई पनि यो व्यवहार देखेर दिक्क लागेछ र र्झकंदै चुप लाग्नुस् भनेर कराइन् । कामिरहेका दाजुले भाउजूलाई भूतले आक्रमण गरेको देखेछन् र त्यस भूतलाई भगाउँछु भन्दै काठको मुङ्ग्रोले भाउजूको टाउकोमा हाने । एकैपल्टमा भाउजू ढलिन् । हामी त अक्क न बक्क भयौँ । दाजु कामिरहेकै थिए । चोट खाएकी भाउजू निक्कै बेरसम्म पनि नउठेको देखेपछि काम्दै गरेका दाजुले यसलाई पानीभूत लागेको छ, त्यसैले भाउजूलाई कुलोको पानीमा हालिदिऊँ, त्यो भूत पानीसँगै बगेर जान्छ अनि भाउजू उठेर आउँछे भन्नुभयो । भाउजू पानीमा हालिदिएपछि उठ्लिन् भनेर म तथा मेरी श्रीमतीसमेत भई दाइको आदेशअनुसार कुलोमा डुबाएका हौँ तर निक्कैबेर कुर्दा पनि भाउजू पानीबाट उठ्नुभएन । गाउँलेले यो कुरा थाहा पाई हामीलाई बाँधेर राखेका हुन् ।’ त्यो भाइले निस्कपट रूपमा कुनै पनि कुरा नलुकाई जुन प्रकारले घटनाको बेलिविस्तार सुनाए, सुनेपछि मैले महसुस गरेँ कि मेरो देश अझै कति अन्धविश्वास, अज्ञानता र अशिक्षामा बाँचेको छ । चाहे त्यो हत्या अशिक्षाले गरिएको होस् वा अन्धविश्वासले, भोलि बिहानको सूर्योदयसँगै मलाई कुलोबाट लास झिक्नु थियो र दाजु -हत्यारा), तथा उसका भाइ र बुहारीसमेत गरी तीनजनालाई सजायका लागि गुलरिया लैजानु थियो ।
बिहानको सूर्योदयसँग मैले त्यहाँको प्रकृति देखेँ । म बिल्कुल खेतहरूको बीचमा कुलाको डिलमा रहेको सानो छाप्रोमा रहेँछु । त्यसको वरिपरि गाउँ पनि रहेनछ । त्यो परिवार जुम्लाबाट झरेर त्यो कुलाको डिलमा सुकुम्बासी जीवन बिताइरहेका रहेछन् । बिहान मात्र देखेँ- त्यो घरमा ती दाजुभाइका करिब ९० वर्षकी आँखा नदेख्ने एक आमा पनि रहिछिन् । बुहारीको सानो काखेबच्चा पनि रहेछ । आवश्यक प्रारम्भिक कामपछि कुलोबाट निकालिएको लास बोकाएर गुलरिया र्फकने तयारी गरेँ । हत्या गर्ने दाजु र बोक्न मद्दत गर्ने भाइ तथा बुहारीलाई एउटै डोरीले बाँधेर ल्याउन ठीक पारियो । जब हामी त्यो घर छोड्दै थियौँ त्यति नै बेला ९० वर्षकी अन्धी आमाले ‘छोराहरू नलैजाऊ’ भन्दै हातले इसारा गर्दै कोप्चाकोप्चा निष्क्रिय आँखाहरूबाट आँसु झार्न थालिन् । वास्तवमै त्यो छाप्रोमा अब ती वृद्धाबाहेक अरू कोही हुनेवाला थिएनन् । जब म त्यो छाप्रो छोड्दै थिएँ लास बोक्नेहरू हिँडिसकेका थिए । तीनजनालाई डोरीले बाँधेकोमध्ये बुहारीले करिब नौ महिनाको बच्चा बोकेकी थिइन् । मैले सोचेँ- यदि मैले बुहारी पनि लगेँ भने यस अन्धी बूढीआमालाई कसले खुवाउला – कसले रेखदेख गर्ला – यत्ति मनमा के आएको थियो मैले अनायस नै प्रहरीहरूलाई आदेश दिएँ, ‘बुहारीको डोरी खोलिदेऊ ।’ प्रहरीहरू पनि अकमक्क परे । मैले फेरि भनेँ, ‘खोलिदिनू ।’ बुहारी डोरीबाट छुटिन् । मैले भने, ‘तिमी घरमा बस्नू र सासू तथा बच्चालाई हेरविचार गर्नू ।’ मैले त्यहाँ बुहारीलाई छोडेको देख्नेबित्तिकै स्थानीय गाउँलेले विरोध सुरु गरे र मविरुद्ध नाराबाजीजस्तै गर्न थाले । एउटाले भन्यो, ‘यो आइमाईले पनि हत्यामा सहयोग गरेकी छिन्, त्यसैले छोड्नुहुँदैन ।’ मैले उसलाई आंैला देखाउँदै भनेँ, ‘तिमीले पनि सहयोग गरेको छौ रे ।’ यो अप्रत्यासित कुरा सुनेपछि ऊ डरायो र चुप बस्यो । मैले एकपटक सबैलाई डरलाग्दो तरिकाले हेरेँ र जानीजानी बूढीआमालाई बचाउन बुहारीलाई त्यहीँ छोडिदिएँ ।
कर्णाली नदी किनारामा लास बोक्नेहरू थाकेर आराम गर्दै रहेछन् । म पनि ठूलो सिमलको रुखमुनि बसेँ । मेरो छेउमै डोरीले बाँधिएका दुई दाजुभाइलाई पनि बसाइयो । वास्तवमै ती लोग्नेले स्वास्नीलाई मार्नुपर्ने कुनै रिसइवी वा कारण थिएन । भाइले बद्नियतपूर्वक कुलोमा हालेका पनि थिएनन् तर पनि उनीहरू २० वर्षसम्म जेल जान सक्थे । यो कुराको ज्ञान पनि उनीहरूलाई भएझैं लागेन । दुवै दाजुभाइ बडो आत्मीयका साथ जुम्ली भाषामा कुरा गर्दै थिए । उनीहरूको जीवनमा अब के हुँदै छ – त्यो पनि उनीहरूलाई थाहा थिएन । त्यत्तिकैमा मैले उनीहरूलाई ख्यालख्यालमै सोधेँ, ‘तिमीहरूमध्ये एकजनालाई मैले छोडिदिएँ भने को जेल बस्ने को घर जाने -‘ मेरो प्रश्न भुइँमा खस्न नपाउँदै भाइचाहिँ बोलिहाल्यो, ‘साव, दाइले भारतमा कमाउँछ घरमा पठाउँछ र हामी परिवार पालिन्छौँ । म परिवार पाल्न पनि सक्तिनँ, त्यसैले म जेल बस्छु दाइलाई घर पठाइदिनु होला । भाइलाई रोक्दै दाइले मतिर हेर्दै भन्यो, ‘साव म सानैदेखि भारत गएँ, घर र आमा यही भाइले हेर्छ । म नभएर पनि केही हुँदैन तर भाइ नभए आमा मरि्छन् । उसको स्वास्नी बच्चा पनि छ । म जेल बस्छु भाइलाई चाहिँ छोडिदिनू ।’ दाइको कुरा काट्दै भाइले फेरि आफूलाई जेलमा राख्न अनुरोध गर्‍यो । उसको कुरा सिद्धिनेबित्तिकै फेरि दाइले उनी कुरा दोहोर्‍यायो । यत्तिकैमा दाइ जंगियो, ‘चूप लाग् † म दाइ हो, मैले भनेको मान् म जेल बस्छु ।’ अनि भाइ पनि चिच्यायो, ‘म जेल बस्छु ।’ हेर्दाहेर्दै विवाद चर्कियो र दाजुले भाइलाई जेल नबस्न थप्पड हान्यो । भाइले पनि दाइलाई लात्तले हान्यो । प्रहरीले दुवैलाई गाली गरी चूप लगाए । म भने यो दृश्यबाट आश्चर्यचकित भएँ ।
यो अभूतपूर्व र दर्ुलभ दृश्यले मेरो आँखा आँसुले भरियो । आजको दुनियाँमा व्यक्तिहरू फसाएर, होच्याएर, झुक्याएर, धम्क्याएर भए पनि अरूलाई समस्यामा पारेर आफू उम्कन प्रयास गर्छन् । यस्तो युगमा पनि अझै यस्ता मानिस पनि नेपालमा छन् भन्ने मलाई थिएन । एउटा मान्छेले अर्को मान्छेका लागि कतिसम्म त्याग गर्न सक्दारहेछन् भन्ने कुराको यो घटना मेरा लागि एक अविस्मरणीय प्रमाण थियो । ती दाजु र भाइलाई कानुनअनुसार जेल हाल्ने प्रक्रिया चलाउँदा पनि मलाई कहिल्यै जाँगर लागेन । उनीहरू अदालतबाट छुटे-छुटेनन् र ती बूढी आमाको जीवन कसरी बित्यो त्यो मलाई थाहा भएन तर पनि त्यो समर्पणको कथा मेरो मानसपटलमा सधैं ताजा भएर रहेको छ ।
आज जब म राजनीतिक दलहरूबीच कुर्सीका लागि खिचातानी, जालझेल, छलकपट, षड्यन्त्र भएको देख्छु र एक-अर्काप्रति कुनै पनि प्रकारको समर्पण र त्याग देखाउन नसकेको स्थिति देख्छु त्यतिबेला मलाई लाग्छ उनीहरूलाई मैले ती दाजुभाइका समर्पणका कथा सुनाइदिनुपर्छ । त्यो सत्य कथामा ती दाजुभाइ जेल जानका लागि झगडा गर्दै थिए न कि सत्ता, सुखभोग गर्न । यहाँ आफूलाई नेता भन्ने व्यक्तिहरू कुर्सी पाउनका लागि छलकपट गर्दै छन् । त्याग र समर्पणको कुनै उदाहरण उनीहरूले दक्षिण अफि्रकाको जस्तो देखाउन सकेका छैनन् । त्यसैले मेरो कामना छ, यो कथाले नेपालका राजनीतिक दलहरूलाई केही सिकाओस् ।