आफ्नै दाज्यूबाट सुजातालाई धोका !

आफ्नै दाज्यूबाट सुजातालाई धोका !


sujata-koirla-5

आफूलाई नेपाली काङ्ग्रेसको सशक्त नेतृको रूपमा चित्रित गर्दै आउनुभएकी सुजाता कोइराला शारीरिक तथा मानसिक रूपले यतिबेला दुर्बल परिस्थितिको सिकार बन्नुभएको छ । नेतृ कोइराला ‘ब्रेस्ट क्यान्सर’को चपेटामा परेको समाचारले केही दिनयता निकै चासो र चर्चा पाएको छ । उक्त समाचारसँगै ‘सुजाताले उपचारका लागि सरकारसँग एक करोड मागेको’ सन्दर्भ जोडेर विभिन्न मिडिया तथा सामाजिक सञ्जालमार्फत प्रकट गरिएका नकारात्मक प्रतिक्रिया तथा टीका–टिप्पणीले कोइरालालाई थप पीडा दिएको बुझिन्छ । यसभन्दा पनि आफूलाई क्यान्सरको लक्षण देखिएको र उपचार प्रक्रिया सुरु भएको समाचार सार्वजनिक भएको सन्दर्भले नेतृ कोइरालालाई थप दुःखी तुल्याएको बुझिएको छ ।

उहाँका निकटजनबाट बुझिएअनुसार सुजाताले आफूलाई ब्रेस्ट क्यान्सरको लक्षण देखिएको कुरा गोप्य राख्ने प्रयत्न गर्दै आउनुभएको थियो । भरसक सार्वजनिक नगरीकनै उपचार प्रक्रिया पूरा गर्ने सोच उहाँले बनाउनुभएको थियो । रोगबारे निकै दिनसम्म कसैले सुइँको नपाएको सन्दर्भले केही हदसम्म उहाँलाई सफलता पनि दिलाएकै मान्नुपर्छ । तर, लुकाउन खोज्दाखोज्दै एक्कासि कोइरालाको मलेसियामा ब्रेस्ट क्यान्सरको उपचार भएको र मलेसियाबाट फर्केर मण्डिखाटार निवासमा आराम गरिरहेको समाचार सार्वजनिक हुन पुग्यो । यसरी गुप्त राखिएको समाचार सार्वजनिक गरेको भन्दै नेतृ सुजाताले आफ्नै परिवारभित्रका एक सदस्यमाथि आक्रोश प्रकट गर्नुभएको बुझिएको छ । मण्डिखाटार स्रोतका अनुसार नाताले सुजाताका दाजु प्रकाश कोइरालाले सुजाताको क्यान्सरबारे मिडियासम्म समाचार पु¥याइदिएका हुन् । ‘आफ्नै घरको मान्छे भनेर दुःख सेयर गरेको, तर प्रकाशले धोखा दिएको’ भन्दै सुजाताले परिजन तथा शुभचिन्तकहरूसमक्ष गुनासो गर्नुभएको छ । बीपीपुत्र प्रकाश कोइराला चर्चित बलिउड नायिका मनीषा कोइरालाका पिता हुन् भने क्यान्सरपीडित मनीषा र सुजाताहरूबीच विगतदेखि नै पारिवारिक सम्बन्ध खासै राम्रो नरहेको बताइन्छ ।