मस्तीमा मनिषा

मस्तीमा मनिषा


manisha-3

यता फुपुदिदी सुजाता कोइराला क्यान्सरको लक्षण देखिएर तनावमा परेकी छिन् उता भदैनी मनिषाचाहिँ पूर्ण रूपले क्यान्सरमुक्त भएको खुशीयालीमा देश–देशावरको यात्रा गर्दै मस्ती लिन थालेकी छिन् । हो, वलिउड अभिनेत्री नेपाली सुन्दरी मनिषा कोइरालाकै कुरा गरेको । अढाइ दशकअघि सुभाष घईको बहुचर्चित फिल्म ‘सौदागर’बाट वलिउड प्रवेश गरेकी मनिषाले सफलताको सिँढी चढ्न कुनै आइतबार कुर्नुपरेन । वलिउडकै कैयन सुन्दरीहरू सङ्घर्ष गर्दागर्दै थाकेर त्यत्तिकै हराए, तर मनिषालाई भने भाग्यले चुमिरह्यो । थुप्रै वर्ष उनले मुम्बईमा सफलताको स्वाद चाखिन् । तर, नियतिको खेलले उनलाई पाठेघरको क्यान्सरसँग गम्भीर रूपले जुध्नुपर्ने अवस्थामा पु¥याइदियो । आत्मविश्वासकी धनी मनिषाले क्यान्सरलाई पनि जितिन् । हुन त विभिन्न किसिमका पारिवारिक तनाव पनि यसबीच उनले झेल्नुप¥यो । ढल्कँदो उमेरमा नेपाली युवा सम्राट दाहालसँग भएको वैवाहिक सम्बन्ध छोटै समयमा टुटेपछि मनिषा झण्डै आफूलाई बिछिप्त तुल्याएकी थिइन्, तर त्यसबाट पनि उनले आफूलाई सहजै उतारिन् । यसरी जीवनको मूल्य बुझ्दै आफूलाई सम्हालेकी मनिषा क्यान्समुक्त भएपछि पुनः वलिउड संसारमा समेत छिरिसकेकी छिन् । गत वर्ष नै ‘चेहरा ः अ मोर्डन डे क्लासिक’ नामक उनीअभिनित फिल्म सार्वजनिक समेत भइसकेको छ । यसै क्रममा आफूले दोस्रो जूनी पाएको भन्दै नयाँ जिन्दगीको भरपुर आनन्द उठाउने धुनमा लागेकी मनिषा थाइल्याण्डको समुन्द्री किनारमा साथी सर्कलसँग मस्ती मार्दै गरेको अवस्थामा देखिएकी छिन् । समुन्द्र किनारमा रमाइलो गरिरहेको तस्बिर मनिषा आफैले फेसबुकमार्फत् सार्वजनिक गरेकी हुन् ।
manisha