बहिर्गमित लडाकुद्वारा बाबुरामको पार्टीकार्यालय कब्जा, युएन गुहार्ने विष्टको चेतावनी

बहिर्गमित लडाकुद्वारा बाबुरामको पार्टीकार्यालय कब्जा, युएन गुहार्ने विष्टको चेतावनी


lenin-1

पेरिसडाँडा घेराउ गरेर तहल्का मच्चाएका बहिर्गमित जनमुक्ति सेना नेपालका लडाकुहरुले बाबुराम भट्टराईको बबरमहलस्थित नयाँशक्ति पार्टी कार्यालय घेराउ गरेका छन् । आफूहरूको माग सम्बोधन नभएसम्म विश्राम नलिने भन्दै नयाँशक्ति कार्यालय घेर्न सयौँ सहकर्मीसहित पुगेका बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष लेनिन बिष्टले डा. भट्टराईले नयाँशक्ति पार्टी खडा गरेर यस मुद्दाबाट उम्कन नमिल्ने बताए । जनयुद्धको पमुख योजनाकारमध्ये बाबुराम भट्टराई पनि एक रहेका र उनले बालसेनालाई उकासेर युद्धमा होमोकोले उनको पार्टी कार्यालय घेराउ गर्नुपरेको बिष्टको कथन छ ।

लडाकुबाट बिहिबार कार्यालय घेरिएपछि बाबुराम भट्टराइले प्रहरी प्रशासन गुहारेका र प्रहरीले कार्यालयको सुरक्षा दिइरहेका छन् । आफ्नो पार्टीको तर्फबाट लडाकुहरूसँग वार्ता गर्न कमिटि गठन गरिने आश्वासन बाबुरामले दिएको तर प्रचण्डको संयोजकत्वमा कमिटि गठन भए मात्रै आफूहरू वार्तामा बस्ने अन्यथा कसैसँग वार्ता नगर्ने विष्टले बताए । यसरी वार्ता नै गर्न नचाहनुको कारणबारे प्रश्न गर्दा उनले भने– ‘वार्ता धेरैपटक गरियो तर हामीलाई झुलाउने र गलाउन खोज्ने प्रयत्न मात्रै भयो । जोपायो त्यहीसँग वार्ता गरेर अब यो समस्या हल नहुने देखेकोले जनयुद्धका प्राधिकारवाला प्रचण्ड प्रधानमन्त्रीसमेत रहेकाले उनीसम्मिलत कमिटिसँग कुरा गर्न चाहेको तर्क विष्टले गरे ।

पेरिसडाँडाबाट लघारेर ठूलै काम गरेँ भन्ने प्रचण्डले ठान्नुभएको होला, यस्तै हो भने अब अन्तिम ढोका ढक्ढक्यान संयुक्त राष्ट्रसंघ गुहार्नुको विकल्प नरहेको उल्लेख गर्दै उनले भने– ‘आन्तरिक रुपमै समस्या हल गरौँ भन्दा नलागेपछि हामीले के गर्नु त ?’

lenin-2

lenin-4