उपत्यकामा नयाँ यातायात सेवा सञ्चालन

उपत्यकामा नयाँ यातायात सेवा सञ्चालन


yatayat-f

सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले यातायात प्रणालीमा सुधार गरी सेवाग्राहीलाई भरपर्दो यातायात सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । यातायात सेवाको प्रभावकारिताका लागि नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने सरकारी नीति रहेको समेत मन्त्री केसीको भनाई छ ।

शुक्रबार काठमाडौंमा सामाखुशी यातायात व्यवसायी संघले सञ्चालन गर्न लागेको बस सेवाको उद्घाटन गर्दै मन्त्री केसीले यातायातसम्बन्धी ऐन, कानुनको पालना गरी यातायात सेवा प्रभावकारी बनाउने काममा सहयोगी बन्न व्यवसायीहरुलाई आग्रह समेत गरे । मुनाफा र सेवाकाबीच सन्तुलन कायम राख्दै व्यवसायीहरुले सेवाग्राहीको हितलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै मन्त्री केसीले यातायात यातायात व्यवसायीको लगानीको सुरक्षामा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा व्यवस्थापिका संसद सदस्य जगदीश्वरनरसिंह केसी, नेपाली कांग्रेस काठमाडौंका सभापति सवुज वानियाँ लगायतले सार्वजनिक यातायातमा जनताको विश्वास वढाउन प्रभावकारी यातायात सेवाको सन्देश प्रवाह गर्न सक्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

सामाखुशी यातायात व्यवसायी संघले शुक्रबारबाट काठमाडौं उपत्यकामा सञ्चालन हुने गरी १० वटा बस सञ्चालनमा ल्याएको छ ।