‘आइटीइसी’बाट नेपाली विद्यार्थी लाभान्वित

‘आइटीइसी’बाट नेपाली विद्यार्थी लाभान्वित


dr-poudel

भारतको प्रविधि तथा शिक्षा सहयोग कार्यक्रम (आइटीइसी)ले नेपालको जनशक्ति विकासमा ठूलो योगदान पु¥याएको शिक्षामन्त्री धनीराम पौडेलले बताएका छन् । भारतीय दूतावास र भारतीय सांस्कृतिक केन्द्रद्वारा संयुक्त रूपमा गत शुक्रबार आयोजित आइटीइसी तथा मौलाना आजाद दिवसको अवसरमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै शिक्षामन्त्री पौडेलले भारतको प्रविधि तथा शिक्षा सहयोग कार्यक्रमबाट नेपालीले निकै लाभ लिइरहेको बताए । छिमेकी मित्रराष्ट्र भारतमा भइरहेको प्रविधि विकासका नमुनाहरूको अनुभव गर्न र त्यसलाई सिकेर स्वदेशमा प्रयोग गर्न पाइरहेको भन्दै उनले प्रशंसा गरे । सोही कार्यक्रममा भारतीय राजदूत रणजीत रायले कार्यक्रमअन्तर्गत् भारतका विभिन्न विश्वविद्यालय एवम् संस्थाहरूबाट छात्रवृत्तिमा पढेर फर्केका नेपालीले नेपाल–भारत सम्बन्धलाई अझै प्रगाढ गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

ज्ञातव्य छ, सन् २००० यता आइटीइसी कार्यक्रमअन्तर्गत नेपालका एघार सयभन्दा बढीले छोटो अवधिको व्यवसायिक शिक्षा एवम् तालिम हासिल गरिसकेका छन् । भारत सरकारले वार्षिक तीन हजारभन्दा बढी नेपाली छात्रछात्रालाई इञ्जिनियरिङ, कृषि, विज्ञान, कला, मशु विज्ञान, माइक्रो–बायोलोजी, बायो–टेक्नोलोजी, फार्मेसी, कम्प्युटर साइन्स आदि विषयमा स्नातक, स्नातकोत्तर, पीएचडी तहमा छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । अध्ययनको लागि नेपाली विद्यार्थीलाई एनआइटी, जेएनयू, बीएचयू, दिल्ली युनिभर्सिटी, जामिया मिलिया इस्लामिया न्यु दिल्ली, ओस्मानिया युनिभर्सिटीलगायत विख्यात विश्वविद्यालयहरूमा पठाइन्छ । यस्तै, भारतले आइटीइसी कार्यक्रमअन्तर्गत् आफ्नै खर्चमा शिक्षा, कृषि, विज्ञान, पत्रकारिता, चिकित्सा, इन्जिनियरिङलगायत विभिन्न क्षेत्रका सरकारी तथा गैरसरकारी कर्मचारीलाई मध्य तथा छोटो अवधिको शैक्षिक एवम् व्यवसायिक तालिम पनि दिँदै आएको छ ।

कार्यक्रममा भारतका प्रथम शिक्षामन्त्री मौलाना अब्दुल कलाम आजादले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको बारेमा पनि चर्चा गरिएको थियो । दक्षिण एसियाकै शिक्षा क्षेत्रका प्ररेक व्यक्तित्व मौलाना आजादको एकसय अट्ठाइसौँ जन्मजयन्तिका अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।

यसैबीच प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आएका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथी जनरल दलबीर सिंहले नेपाली सेना र भारतीय सेनाबीच रुपन्देहीको सालझण्डीमा सञ्चालित संयुक्त अभ्यास ‘सूर्य किरण’को निरीक्षण भ्रमण गरेका छन् । गत कात्तिक २७ गते भएको निरीक्षण भ्रमणको दौरान भारतका स्थल सेनाध्यक्षलाई अभ्याससम्बन्धी प्रस्तुतिकरण गरिएको थियो । उक्त संयुक्त अभ्यासमा नेपाली सेनाको तर्फबाट जब्बरजंग गण र भारतीय सेनाको तर्फबाट ३ कुमाउ राईफल बटालियनले अभ्यास गरेका थिए । नेपाल भ्रमणको क्रममा राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री र नेपाली सेनाका प्रधानसेनापतिसँग छुट्टाटुट्टै भेटवार्ता गरेका जनरल दलबीर सिंह कात्तिक २८ मा स्वदेश फर्किएका हुन् ।
1-army