कर्तव्यनिष्ठ प्रहरी अधिकारीहरू सम्मानित

कर्तव्यनिष्ठ प्रहरी अधिकारीहरू सम्मानित


bikram-thapa

कर्तव्यपरायणताका निम्ति कहलिएका नेपाल प्रहरीका दुई अधिकृत पुनः सम्मानित भएका छन् । ११ औं महानगरीय प्रहरी दिवस (१ मंसिर) को अवसरमा आयोजित कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विक्रमसिंह थापा र अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाललाई उत्कृष्ट प्रहरीका रूपमा सम्मानित तुल्याइएको हो ।

महानगरीय प्रहरी दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले एसएसपीद्वय थापा र खनाललाई सम्मान प्रदान गरे । एसएसपी थापालाई उत्कृष्ट कार्यसम्पदान गरेवापत र खनाललाई उत्कृष्ट अनुसन्धान गरेवापत सम्मान गरिएको हो ।
एसएसपी थापाले आफ्नो १४ महिनाको कार्यकालमा सबै चाडबाडलाई सुरक्षित बनाएको र कालोबजारी गर्नेहरुमाथि पनि कार्वाही चलाएको भन्दै उत्कृष्ट कार्यसम्पादनको पुरस्कार र अपराध महाशाखा प्रमुख खनालले फुटबलको म्याचफिक्सिङदेखि गुण्डागिरीमा संलग्नहरूलाई तह लगाएवापत उत्कृष्ट अनुसन्धान अधिकृतको सम्मान प्रदान गरिएको जानकारी दिइयो ।

रानीपोखरीमा आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शरदचन्दलाई उत्कृष्ट ब्यवस्थापकको पदवीले सम्मान गरियो भने प्रहरी कार्यविधितर्फ डिएसपी सन्तोष राठौर, दैवीप्रकोप उद्धारतर्फ उत्कृष्ट कार्य गरेवापत सई मनोहरी थापा, ट्राफिक प्रहरीतर्फ उत्कृष्ट कार्य गरेबापत हवल्दार चेतबहादुर चौलागाई र ट्राफिक एफएमका सन्तोष सापकोटा लगायतलाई प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सम्मापत्रसहित सम्मान गरे ।

sarbendra