जताततै यस्तैका राज !

जताततै यस्तैका राज !


baideshik

सेयर बजारमा सेयर माफिया र बिचौलियाहरूको एउटा ठूलो गिरोह नै सक्रिय रहेको पाइएको छ । बिचौलियाहरूले सर्वसाधारण ‘सेयरहोल्डर’¬¬हरूको कारोबार गरिदिने निहुँमा दैनिक लाखौँ लुटिरहेका छन् । सेयर माफिया र बिचौलियाहरूको बैंक, सेयर मार्केटका कर्मचारी र बैंकहरूसँगको साँठगाँठका कारण सेयर बजारमा उतारचढावसमेत आउने गरेको छ । जसले सेयर बजारमा कम जानकारी राख्नेहरू ठगिँदै आएका छन् ।

सेयर बजारका मुख्य बिचौलिया फँुयाल थरका तारानाथ पनि एक हुन् । सेयर मार्केटको राम्रो जानकारी नभएका, तर सेयरमा लगानी गरेका सर्वसाधारण नागरिकको सेयर कारोबार गरिदिने, कागजात मिलाइदिने निहुँमा उनले सेयरहोल्डरहरूलाई दिनहुँ ठग्दै आएका छन् । उनले म्यानपावर व्यवसायीसँग मिलेर मानवतस्करीसमेत गर्ने गरेका छन् । म्यानपावर कम्पनी, मानवतस्कर, दलालहरूले मानव तस्करी गरेर कमाएको कालोधनलाई सेयर बिचौलिया फुँयालले सेयरमा लगानी गर्न लगाई अपराधी बचाउने कार्य गरेका छन् । घर–जग्गा दलाल हुँदै सेयर मार्केट बिचौलियाका रूपमा प्रवेश गरेका उनको प्रभु बैंक, एनएमबी बैंक, गुडविल फाइनान्सलगायतका वित्तीय संस्थाहरूमा अकुत सम्पत्ति रहेको बुझिन्छ । उपत्यकामा बिचौलियाको कार्य गर्दै आएका उनी अहिले सोझासाझा नागरिक ठग्न पोखरामा सेयर बजार र जग्गाको दलालीमा लागेका छन् ।

अमेरिकी डलर, ट्राभल चेक, भारु सटहीलगायत अन्य यस्तै टेडामेडा धन्दामा लागेका फँुयालको नेतृत्वमा एउटा सेयर माफिया र गिरोह नै सक्रिय रहेको बुझिन्छ । सेयर कारोबार गर्न ब्रोकर नम्बर (लाइसेन्स) लिनु अनिवार्य मानिए पनि प्रशासनको कमजोरीका कारण सेयर बजारमा माफिया भन्न मिल्ने बिचौलियाहरूको बिगबिगी बढ्दै गएको छ ।
– वीरेन्द्र डाँगी, तीनथाना, काठमाडौं