के–के गर्छन् रामदेवले ?

के–के गर्छन् रामदेवले ?


ramdev

विश्वविख्यात योगगुरु रामदेवको काठमाडौं आगमन भएको छ । उहाँलाई मंगलबार (मङ्सिर ७ गते) साँझ प्रधानमन्त्री प्रचण्डले रात्रिभोज दिनुभएको र बुधबार नेपालका लागि भारती राजदूत रञ्जित रेले योगगुरुको सम्मानमा दिवाभोज दिने कार्यक्रम भएको बुझिएको छ । त्यसपश्चात् रामदेव वीरगन्ज जानुहुने र त्यहाँ करिव एक सातासम्म उहाँले योग प्रशिक्षण दिनुहुनेछ । वीरगञ्जमा रहँदा रामदेव हेलिकोप्टर लिएर सप्तरीस्थित छिन्नमस्ता देवी, नवलपरासीको मौलाकालिका र जनकपुरको रामजानकी मन्दिरको पनि दर्शन गर्न जानुहुने बताइएको छ । रामदेवबाट पतञ्जली योगपीठद्वारा उत्पादन हुने सामग्रीको नेपालमा उत्पादन गर्न ख्यातिप्राप्त व्यवसायी उपेन्द्र महतोद्वारा बारामा स्थापित उद्योगको उद्घाटन (मङ्सिर ९ गते) पनि हुने भएको छ ।