हिन्दूराष्ट्र बनाऊँ देश बचाऊँ भन्दै राजधानीमा विहङ्गम गोष्ठी

हिन्दूराष्ट्र बनाऊँ देश बचाऊँ भन्दै राजधानीमा विहङ्गम गोष्ठी


flex-banner

नेपाली काङ्गे्रसका नेता खुमबहादुर खड्काको नेतृत्वमा गठित नेपाली काङ्गे्रस, हिन्दूराष्ट्र स्थापना महाअभियान पुनः सक्रिय भएको छ । महाभियानले मङ्सिर १५ गते बुधबार राजधानीको प्रज्ञा भवनमा ‘विहङ्गम अन्तरक्रियात्मक राष्ट्रिय गोष्ठी’ गर्ने भएको छ । ‘हिन्दूराष्ट्र बनाऊँ, नेपाल बचाऊँ’ भन्ने मूल नाराका साथ सम्पन्न गरिन लागेको उक्त विहङ्गम गोष्ठीमा हिन्दूराष्ट्र पक्षधर नेपाली काङ्गे्रसका नेता र कार्यकर्ताहरू, स्वतन्त्र बुद्धिजीवी तथा पेसाकर्मीहरू, सन्त, महात्मा र अन्य राजनीतिक समूहमा आबद्ध अगुवाहरूलाई समेत आमन्त्रण गरिने आयोजकहरूले बताएका छन् । मध्याह्न १२ बजेदेखि साँझसम्म चल्ने गोष्ठीमा प्राप्त राय–सुझाबका आधारमा महाअभियानले भावी कार्यक्रम तर्जुमा गर्ने बताइएको छ । महाअभियानले नेपाली काङ्गे्रसलाई हिन्दूराष्ट्रको पक्षमा उभ्याउन दबाब पैदा गर्ने र देशमा हिन्दूराष्ट्र स्थापनाका लागि वातावरण बनाउने नीति लिएको छ ।