न्यायाधीशहरू विदेश भ्रमणमा लामबद्ध

न्यायाधीशहरू विदेश भ्रमणमा लामबद्ध


nepal_supreme_court

विदेश भ्रमण गर्नमा सर्वोच्च अदालतका न्यायाधीशहरूले नयाँ कीर्तिमान राखेका छन् । प्राप्त जानकारीअनुसार न्यायाधीशहरू वैजनाथ उपाध्याय, दीपकराज जोशी र देवेन्द्रगोपाल श्रेष्ठ मङ्सिर ८ गते फर्कने गरी चीन, दक्षिणकोरिया र फिलिपिन्सको भ्रमणमा गत कात्तिक २७ गते जानुभएको थियो । न्यायाधीश गोपाल पराजुली एक कार्यक्रममा सहभागी हुन भियतनाम जानुभएको छ भने न्यायाधीश सपना मल्ल प्रधान एक गैरसरकारी संस्थाको कार्यक्रममा भाग लिन युरोप प्रस्थान गर्नुभएको छ । तल्लो तहका कर्मचारी सहभागी भए पनि हुने कार्यक्रममा भाग लिन आफैँले निम्ता मागेर अर्जेन्टिना गएका न्यायाधीशहरू आनन्दमोहन भट्टराई र विश्वम्भर श्रेष्ठ गत आइतबार नेपाल फर्केका छन् । प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरू ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई यसै साता बंगलादेश जानुहुने भएको छ । न्यायाधीशहरूबाट भएको विदेश भ्रमण सर्वोच्च अदालतमा यतिबेला चर्चाको विषय बनेको छ ।