पैँतीस वर्षको गर्भ

पैँतीस वर्षको गर्भ


pregnent

संसारमा गर्भावस्थासँग सम्बन्धित अनेक अनौठा घटना हामी देख्छौँ, सुन्छौँ । हालै अल्जेरियामा घटेको एउटा घटना पनि त्यस्तै अनौठो छ । सामान्यतया कुनै पनि महिलाको पेटमा गर्भ रहने भनेको नौ महिना हो । विशेष परिस्थितिअनुसार त्यसमा केही साता तलमाथि हुन सक्छ । तर, एक अल्जेरियन महिलाको पेटमा पूरै ३५ वर्षसम्म गर्भ रही हालै अपरेसन गरेर बच्चा बाहिर निकालिएको छ । सन् १९८१ मा गर्भवती बनेकी उनले यसबीच आफ्नो पेटमा बच्चा रहेको हेक्कै राखिनन् । एक्कासि उनलाई खप्नै नसकिने गरी पेट दुखेर अस्पताल गएपछि मात्र थाहा भयो, उनको पेटमा त ३५ वर्ष पुरानो बच्चाको भ्रुण छ । हाल ७३ वर्षकी महिलाको पेटबाट ३५ वर्ष ७ महिना उमेर तथा २ किलो तौल रहेको मृत बच्चा निकालिएको यस घटनालाई सम्बन्धित चिकित्सकहरूले दुर्लभ मानेका छन् ।