
विश्वको सबभन्दा होचो जोडीको कीर्तिमान ब्राजिलका ३१ वर्षिय पाउलो र २८ वर्षीया ग्रेबियलले बनाएका छन् । आठ वर्षको प्रेम सम्बन्धपछि हालै मात्र वैवाहिक बन्धनमा बाँधिएका पाउलो र ग्रेबियलको उचाइ क्रमशः ३५.५४ इन्च र ३५.८८ इन्च रहेको छ । निकै वर्षदेखि विश्वको सबभन्दा होचो व्यक्तिको रूपमा गिनिज बुकमा नाम दर्ता गराउने प्रयास गरे पनि पाउलोलाई सफलता मिलेको थिएन । तर, ग्रेबियलसँग विवाह गरेपछि भने व्यक्तिगत रूपमा नभए पनि होचो जोडीको कीर्तिमान रच्न पाउँदा उनी दङ्ग छन् । यसअघि सबभन्दा होचा विवाहित जोडीको रेकर्ड बनाएको जोडीभन्दा पाउलो–ग्रेबियल निकै कम उचाइको रहेकोले छिट्टै यो रेकर्ड तोडिन नसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया