
कुनै ठूलो मूल्यका सामान खरिद गर्नुपरे ग्राहकले नोटका गड्डी वा चेकमार्फत पेमेन्ट गर्छन् । खरिद वा बिक्रीकर्ताको निम्ति सजिलो हुने हुँदा खुद्रा पैसाको साटो बढी मूल्यका नोट प्रयोग गर्ने चलन विश्वभर चलेको छ । तर, चीनको झेङझोउमा हालै टोयोटा प्राडो गाडी खरिद गर्ने एक ग्राहकले खुद्रा पैसाको बिस्कुन लगाएर बिक्रेतालाई रनभुल्लै पारे । गुओ नामका ती युवाले आफूलाई मनपरेको गाडी लिएपछि पेमेन्टको रूपमा ५० र १०० पैसाका सिक्काले भरिएका कार्टुनहरू अघि सारे । ती कार्टुनमा भरिएका सिक्का गन्ती गर्न शोरूमका कर्मचारीहरूलाई पूरै १२ घन्टा समय लागेको थियो । सिक्कागन्तीको क्षणमा खिचिएका तस्बिर यतिबेला सोसल मिडियामा भाइरल बन्न पुगेको छ ।
प्रतिक्रिया