ठूलाजति महिला !

ठूलाजति महिला !


राष्ट्रका शीर्षस्थ पदहरू राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख महिला रहेको नेपालमा विभिन्न महत्वपूर्ण देशका राजदूतहरू पनि महिला रहनुलाई रोचक संयोग मानिएको छ । अमेरिकी राजदूत एलिना बी टेप्लिज, छिमेकी मुलुक चीनकी राजदूत यु होङ, डेनमार्ककी राजदूत कृष्टिन रोजन्भोल गालेन, श्रीलंकाकी राजदूत डब्लूएस परेरा, बंगलादेशकी राजदूत मासिक बेन्टे साम्स, युरोपियन युनियनकी राजदूत रेन्जे टिरिन्क गरी अहिले मुलुकमा ६ जना महिला राजदूतहरू रहेका छन् । एकैपल्ट यति धेरै महिला राजदूतको सङ्ख्या नेपालमा पहिलोपटक भएको हो । विभिन्न मुलुकका यी राजदूतहरूका अलावा संयुक्त राष्ट्रसङ्घकी आवासीय प्रतिनिधि पनि महिला नै छिन् । संयुक्त राष्ट्रसङ्घको आवासीय संयोककका रूपमा भ्यालरी जुलियन्ट यसै बर्ष आएकी हुन् । यसअघि नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयमा पुरुषहरू नै प्रमुख रहँदै आएका थिए ।

नेपालमा पहिलोपटक राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख एकैपल्ट महिला हुनुमा जुन संयोग मानिएको थियो, विभिन्न देशका महामहिम महिलाको उपस्थितिलाई पनि त्यस्तै संयोगको रूपमा लिइएको छ ।

feminism