
– केदार पनेरु
क्रान्तिको कुरा भ्रान्ति पो रहेछ
समानताको कुरा नारामा रहेछ
रूपमा अनमोल सारमा कुटिल
तिम्रा यि सपना बेकार जटिल
क्रान्तिका बचेरा चुच्चो खोलेर
च्याँ च्याँ गर्दै आहार खोजेर
ठुङ्छन् जहाँतहीँ राताम्य पारेर
छिया छिया भो सिकार लडेर
अनाजका भाँडो रित्तो भएछ
चुच्चो पनि हेर बुच्चो भएछ
लुस्दा यिनले पीडा भएछ
आक्रोश यिनका शान्त भएछ
प्रतिक्रिया