
– सागर
मैले बाइस–चौबीस तक्मा पाएँ
हेर्दाहेर्दै ती सबैलाई एकै गराएँ
खुसी साथ तीन–चार पुस्तासम्म लगाएँ
त्यसपछि दुई–दुईवटासम्म श्रीपेच लाएँ
कति हो कति नाति जर्नेलहरू जन्माएँ
महारानीहरूको ताँती–तरेली लगाएँ
परेलीमा गाजल लाएँ कतिलाई कजाएँ
वर्षेनी कतिको पजनी हुन्थ्यो कतिलाई सजाय
यही रितले सय वर्ष बढी नै खाएँ
एक्कासि प्रजातन्त्रको पनाति जन्माएँ
ऐया–आत्थु भन्न नजान्दै सत्र कोर्राको सजाय
यसरी तीसवर्षे तिजौरी बैंकमा थन्क्याएँ
खोज्दाखोज्दै पनातिको चिहान भेट्टाएँ
खोतलेर उसलाई विधिवत् नै ब्युँताएँ
सुरु भयो उसको र सौतेनी भाइको लडाइँ
खोतलेको चिहानमा सत्र हजारको बुझो लगाएँ
सौतेनी भाइलाई ससम्मान पुष्पकमा चढाएँ
छोरालाई निकालेर ज्वाइँलाई घर भिœयाएँ
घरज्वाइँसँग मिलेर भकारी नै रित्याएँ
महारानीलाई लत्याएँ रखौटीलाई रत्याएँ
दुई–दुईपटक टुपीबाट तातोपानी खन्याएँ
उपचारमा खर्बौंखर्ब सिध्याएँ
टुप्पी पाकेपछि पैतालासम्म रगत–पीप लत्पत्याएँ
डुङडुङ्ती दुर्गन्धले सबैलाई अत्याएँ
भुइँको टिप्दा पोल्टाको’नि भुइँमै खत्याएँ
जीर्ण र अजीर्ण दुवै हातमा रत्याएँ
जीर्ण भन्छ भोक लाग्यो अहिले नै खाउँ
अजीर्ण भन्छ दरिद्र लाग्छ डाँडापारि जाउँ
सिन्दुरदानी बेचेर अजीर्णलाई अति नै खुवाएँ
जीर्णलाई नुनढिकी फोरिन साह्रै नै रुवाएँ
अजीर्णलाई शूलको ब्यथाले गुमाएँ
जीर्णलाई त्रिशूलले कङ्काल बनाएँ
जसरी ग¥यो विधिले सजाएँ
यसरी मैले धेरै तक्मा लगाएँ
चिहानैभरि खबटैखबटा पो भेट्टाएँ
दृष्टिभ्रम रहेछ अहिले पो चक्मा खाएँ ।
प्रतिक्रिया