बिस्कुटमा सिसा !

बिस्कुटमा सिसा !


शुद्ध गहुँको आँटाबाट बनेको र अत्यन्त हाइजेनिक दाबी गरिएको डाइजेस्टिभ नामक बिस्कुटमा चुराजस्तै देखिने सिसाको टुक्रा फेलापरेको छ । ‘जिरो कोलेस्टेरल’ र ‘फ्याट फ्री’ भनिने बजारमा मूल्य रु ८५÷– (पचासी) कायम गरिएको उक्त बिस्कुट खाने क्रममा सिसाको टुक्रा फेलापरेको हो । ललितपुरको लुभुस्थित राजेन्द्र श्रेष्ठद्वारा सञ्चालित लुभुमार्टबाट भक्तपुरवासी आदित्य चौलागाईंले सो बिस्कुट गत साता खरिद गरेका थिए । अत्यन्त स्वस्थकर भनिएकोले आँखा चिम्लिएर बिस्कुट खाँदा सिसाको टुक्रा फेलापरेपछि बिस्कुट नखाएको खरिदकर्ता आदित्यले घटना र विचारलाई बताएका छन् । फेलापरेको सिसाको टुक्रासहित उनले बिस्कुट घटना र विचारको कार्यालयमा बुझाएका छन् । सन् २०१७ सेप्टेम्बरसम्मको म्याद राखिएको उक्त डाइजेस्टिभ बिस्कुटको उत्पादन भारतको सूर्य फुड एन्ड एग्रो लिमिटेड नामक कम्पनीले गरेको हो । कभरमा ‘हेल्दी चोइस’ समेत लेखिएको उक्त बिस्कुटमा सिसाको टुक्रासमेत फेलापरेपछि नेपालमा विदेशबाट आयात गरिने खाद्य पदार्थको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ ।

digestive-biscuits