
मानिसको मृत्युपछि मृतकको शवलाई श्रद्धा र सम्मानका साथ अन्त्येष्टि गरिन्छ । देश वा स्थानविशेषको संस्कारअनुसार शवलाई जलाउने या गाड्ने नै गरिन्छ र मृतकलाई सम्झेर आफन्त, परिजन, हितैषी वा मित्रजनले दुःख मान्छन्, वियोगमा आँसु खसाल्छन् । तर, विश्वको कुनै ठाउँमा यस्तो संस्कार पनि देख्न पाइन्छ जहाँ मानिस मर्दा दुःखमनाउ गर्ने तरिका नै अनौठो छ । मानिस मरिसक्दा पनि मरेको नठानी जीवित अवस्थामा आफूसँगै रहेझैँ लाससँग ज्युँदो व्यक्तिलाई गर्ने व्यवहार गर्ने ठाउँ हो– इन्डोनेसियाको दक्षिणी सुलेवासी प्रान्त । त्यहाँको टोराजा समुदायले आफ्नो मृत सदस्यलाई मरेको नठानी सुटबुटमा सजाउँछन्, सँगै तस्बिर खिच्छन् र शवलाई समेत संलग्न गराई पार्टीको आयोजना गर्दछन् । शवलाई शव नमानी घरमा कुनै बिरामी सदस्य छ भनेजसरी सजाएर राख्ने आनौठो चलन टोराजा समुदायमा चलिआएको छ ।
प्रतिक्रिया