‘ट्राफिक वुमन’ सुन्दरीको देश

‘ट्राफिक वुमन’ सुन्दरीको देश


koriya

उत्तर कोरियाको नाम सुन्नेबित्तिकै आजभोलि क्रूर तानाशाह किम जोङ उनको तस्बिर आँखासामु नाच्न सक्छ । अत्यन्त अपारदर्शी शासन व्यवस्थाका कारण रहस्य र आलोचनाले घेरिएको यस मुलुकसम्बन्धी अर्को एक रोचक खबर छ । कुनै पनि मुलुकका जिउडाल मिलेका सुन्दर युवती प्रायः मोडल, एक्ट्रेस या एयर होस्टेस बन्ने रुचि राख्छन् । तर, उत्तर कोरियाली युवती मोडल या एक्ट्रेस नभई ‘ट्राफिक वुमन’को रूपमा चिनिन मरिहत्ते गर्छन् । आखिर किन त ? जिज्ञासा जाग्न सक्छ । वास्तवमा यस कम्युनिस्ट मुलुकमा ट्राफिक महिलाको चयन अत्यन्त महत्वका साथ गम्भीर किसिमले गरिन्छ, जसका कारण युवतीमा ट्राफिक सेवामा प्रवेश गर्ने लालसा वा ट्रेन्ड मौलाएको छ । हरेक महिना ‘प्योङयाङ ट्राफिक वुमन अफ द मन्थ’ चयन गरिनु र प्योङयाङका सडकमा सुन्दरी ‘ट्राफिक वुमन’हरू छ्यासछ्यास्ती देखिनुको रहस्य पनि यही हो ।