पर्दाभित्रको खेल

पर्दाभित्रको खेल


rameshwor-matridas

– रामेश्वर राउत मातृदास

जसले जस्तो सोचे पनि घुमाउरो छ सेल
बुझिसक्नु छैन अहो † पर्दाभित्र खेल

चनाखो भै नब्युँझिए के–के हुन्छ दपट
घनघोर अन्धकार छ भित्रभित्रै कपट
आत्मा–शरीर अभिन्न यो अनन्त छ मेल
जसले जस्तो सोचे पनि घुमाउरो छ सेल
बुझिसक्नु छैन अहो….

चार दिक्पाल अष्टभैरव संरक्षित यो देश
षड्यन्त्रका हरेक फुँदा कहाँ बच्लान् शेष
दिव्यशक्ति अदम्य छन् पलपल ठेलमठेल
जसले जस्तो सोचे पनि घुमाउरो छ सेल
बुझिसक्नु छैन अहो…