त्यो मरुभूमिमा

त्यो मरुभूमिमा


JB Khatri

– जेबी खत्री

तिम्रो मायाले
थेग्न नसकेर
अभावको खाडल पुर्न
परदेसिएको मन
थाहा छैन कति बग्यो
रगत र पसिना
त्यो मरुभूमिमा ।
कति बिलाए सपनाहरू ।
जति जोतिए पनि
जति घु“डा धसे पनि
अर्काको भूमिमा
जीविका चल्दैन ।
आफ्नै देशको
माटो खोस्रेर
झार जिलाउ“दा
सर्टिफिकेट हा“स्ने भयले
लाजको घेराभित्र खुम्चिएर
हि“डेको मन
सम्झन्छु यति बेला
त्यतिको मिहिनेत गरेर
आफ्नै माटो खनी–खोस्री गरेको भए
सायद आफ्नै माटोमा
उम्रिन्थे होला
स्याउ, सुन्तला र नास्पतिका बोटहरू ।
लटरम्म फल्थे हुन्
हा“गै नुहुने गरी
आल्चा र आरुबखडाहरू ।
फुल्थे हुन्
आरुका फूल झैँ
कलिला नानीहरूका
आ“खामा सपना ।
आफ्नै माटो सिञ्चत हुन्थ्यो,
आफ्नै रगत र पसिनाले ।
र लहलहाउ“थे हुन्
बारीमा मकैका बोट,
झुल्थे हुन्
पहे“लपुर धानका बाला
खेतका फा“टहरूमा ।
आउ“दो रहेनछ
पानी परेको बेला जस्तो
आफ्नो माटोको सुगन्ध
मरूभूमिको बालुवामा ।
आउ“दैन राष्ट्रियताको सुगन्ध पसिनाहरूमा ।
न बग्छन् नदीहरू
जिन्दगीजस्तो
सपना बोकेर ।
न गाउ“छन्
चरा–चुरुङ्गीहरू
जीवनको गीत ।
न छन् मन रम्ने
हरिया डा“डा–का“डा ।
फर्केर हेर्छु
आश्चर्यचकित
यी आ“खाहरूले
कसरी अडियो होला
यो मन
यतिका वर्षसम्म
टाउकादेखि पैतालासम्म
भिज्थ्यो पसिनाले,
त्यो मरुभूमिमा ।