केसीले उजागर गरे ‘कान्तिपुर’को बदमासी

केसीले उजागर गरे ‘कान्तिपुर’को बदमासी


posan

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले कान्तिपुर पब्लिकेसनले न्यूनतम पारिश्रमिक पूर्ण रूपमा लागू भएको भनी समितिलाई ढाँटेर बदमासी गरेको बताएका छन् । न्यूनतम पारिश्रमिक समितिलाई कान्तिपुरको व्यवस्थापनले न्यूनतम पारिश्रमिक सम्पूर्ण रूपले लागू भइसकेको भनेर जानकारी दिए पनि मजदुर र कर्मचारीले आन्दोलन घोषणा गरेको देख्दा आफू छक्क परेको केसीले बताए । ‘मलाई त थाहै थिएन, अहिले तपाईंहरू आन्दोलनमा हुनुहुन्छ भन्ने बुझेपछि कान्तिपुरको व्यवस्थापनले बदमासी गरेछ,’ कान्तिपुर पब्लिकेसन संयुक्त सङ्घर्ष समितिले गत शनिबार आयोजना गरेको अन्तरक्रियामा केसीले भने ।

केसीले मजदुरको हकमा १४ हजार ४ सय दिने राजपत्रमा प्रकाशित भइसकेपछि पनि मिडियाका मालिकहरूले सरकारलाई नै प्रभाव पारी मन्त्रिपरिषदबाट निर्णय गराउन ठूलो कसरत भइरहेको खुलासा गरे । न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई मालिकहरूको चलखेल मान्य नहुने उनको धारणा थियो । मजदुरहरूले उठाएका मागप्रति आप्mनो संस्था र आफ्नो ऐक्यबद्धता रहेको केसीले बताए । सबै पार्टी र निकायको साथ लिएर अघि बढ्न मजदुरलाई आग्रह पनि केसीले गरेका थिए ।

अन्तरक्रियामा टे«ड युनियन काङ्ग्रेसका उपाध्यक्ष गणेश निरौलाले मजदुरहरूले उठाएका मागप्रति आप्mनो सङ्गठनको पूर्ण समर्थन रहेको बताए । ‘साझा मुद्दा बनाएर मजदुर कर्मचारीहरूले आन्दोलन सुरु गरेका छन्, हाम्रो सदैव साथ र समर्थन छ,’ निरौलाले भने । विप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् जवस उपत्यका ब्युरो इन्चार्ज उत्तमले आफ्नो पार्टी सधँै मजदुरहरूको पक्षमा रहेको स्पष्ट गर्दै आन्दोलनलाई निष्कर्षमा पु¥याउनुपर्ने धारणा राखे । माग पूरा नभएसम्म दृढतापूर्वक लागिरहन आग्रह गर्दै उत्तमले पार्टी जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । क्रान्तिकारी पत्रकार सङ्गठनका उपत्यका विशेष ब्युरो समन्वय समिति संयोजक जन्मदेव जैसीले मजदुरहरूलाई अलग–अलग गरेर श्रमशोषण गर्न पल्केका मालिकविरुद्ध कान्तिपुरका मजदुर एकताबद्ध भई अघि बढ्नु ऐतिहासिक काम भएको बताउँदै मजदुरलाई १४ हजार ४ सय न्यूनतम पारिश्रमिक नदिएसम्म सङ्गठनले निरन्तर आन्दोलनमा साथ दिने प्रतिबद्धता व्यक्त गरे । अखिल नेपाल सञ्चार छापाखाना र प्रकाशन मजदुर सङ्घका उपाध्यक्ष अर्जुन गौतमले मजदुरले विश्वमै हारेको इतिहास नभएले निर्धक्क भएर आन्दोलनमा लाग्न अपिल गरे ।

गत वर्षको चैतमा भएको नौबुँदे सहमति अहिलेसम्म कार्यान्वयन नभएको भन्दै कान्तिपुर पब्लिकेसनमा कार्यरत मजदुर कर्मचारी पुस ८ गतेदेखि मूल गेटमा धर्ना दिएर आन्दोलनमा उत्रिएका छन् । सङ्घर्षका कार्यक्रमअन्तर्गत सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, हस्ताक्षर सङ्कलनलगायतका पहिलो चरणका कार्यक्रम सार्वजनिक गरिसकेका छन् ।