‘सातौँ’ले तोड्यो फितलो आयोजनाको कीर्तिमान

‘सातौँ’ले तोड्यो फितलो आयोजनाको कीर्तिमान


shree-bikram-bhandari

– श्रीविक्रम भण्डारी

सर्वप्रथम पूर्वाञ्चलमा आयोजना भइरहेको साताँै राष्ट्रिय खेलकुद प्रतियोगितालाई कुनै पनि कोणबाट राष्ट्रिय प्रतियोगिता मान्न सकिँदैन । यदि सातौँलाई कसैले राष्ट्रिय प्रतियोगिता भन्छ भने त्यो राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टको हनुमान र नेकपा एमालेको कार्यकर्ता हुनुपर्छ । अन्य कसैले यस्तो दुस्साहस गर्ने सामथ्र्य राख्दैन । किनकि सातौँमा सहभागिता जनाइरहेका र प्रतिस्पर्धा गरिरहेका खेलाडीले समेत यसलाई अन्तरविद्यालय खेलकुद अर्थात् वीरेन्द्र सिल्ड प्रतियोगिताको संज्ञा दिएका छन् । नामले सातौँ राष्ट्रिय भए पनि प्रतियोगिताको आयोजना हेर्दा यसले राष्ट्रिय शब्दको नै बद्नाम र खिल्ली उडाएको छ । जिल्ला, क्षेत्रीय हुँदै राष्ट्रिय खेल खेल्न पुगेका खेलाडीलाई गाईवस्तु चर्ने चउरमा उतारेर राखेपले राष्ट्रिय प्रतियोगिताको हुर्मत लिने कार्य गरेको छ । जुन आफैँमा सर्मनाक मात्र नभई राष्ट्रिय प्रतियोगिताको आयोजनाप्रति नै ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ । यस्तो फितलो, अव्यवस्थित र गैरजिम्मेवारीको पराकाष्ठा नाघेको प्रतियोगिता कदापि राष्ट्रिय प्रतियोगिता हुन सक्तैन । सातौँको आयोजना भोलि विवादमा पर्ने पक्का छ ।

‘राष्ट्रिय’ भन्ना साथ त्यसको प्रत्यक्ष सम्बन्ध राष्ट्रिय सरकारसँग जोडिन्छ । अझ सातौँ त राष्ट्रिय मात्र नभई बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता हो । अब यसले कोसँग नाता गा“स्छ त्यो कुराको आत्मबोध राखेपका सदस्यसचिव केशवकुमार विष्ट एन्ड कम्पनीले राम्रोसँग बुझेको हुनुपर्छ । सरकारसँग मात्र नभई अर्थ मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग पनि सातौँको नजिकको सम्बन्ध गा“सिएको हुन्छ । यसर्थमा कि सातौँ राष्ट्रिय प्रतियोगिताको सफल र स्तरीय आयोजनाका लागि सरकारले अर्थमार्फत राखेपलाई ३१ करोड दिएको छ । यसको मतलब बृहत् राष्ट्रिय प्रतियोगिता हचुवाको भरमा कदापि गर्न मिल्दैन । राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि आयोजना मात्र गरेर झारा टार्ने काम भयो भने त्यसको जवाफदेही राखेप बन्नुपर्नेमा सायदै कसैको दुईमत होला । तसर्थ बृहत् राष्ट्रिय प्रतियोगिताको संज्ञा पाएको सातौँले सामान्य मात्र नभई राष्ट्रिय मापडण्डसमेत पूरा गर्नुपर्नेछ । के सातौँको आयोजनामा यो कुरालाई दृष्टिगत गरी गरिएको छ त ? कदापि छैन । राष्ट्रिय मापडण्डको त कुरै छोडौँ, सामान्य खेलकुदको आयोजना गर्दा अपनाइने औपचारिकताको समेत पालना गरिएको छैन । जुन आफैँमा लाजमर्दो विषय भएको छ । सा“चो रूपमा भन्नुपर्दा सातौँ खेलकुदको विकास र विस्तारभन्दा पनि कसैलाई खुसी पार्न र कसैको भु“डी उकास्न आयोजना गरिएको प्रतीत हुन्छ ।

sport-5

राष्ट्रिय प्रतियोगिताको आयोजना गरेर मात्र ह“ुदैन । किन गर्न लागेको हो ? त्यसको हेक्का सम्बन्धित निकाय राखेपले राख्नुपर्छ । यसर्थमा कि राष्ट्रिय प्रतियोगिताको आयोजनापश्चात् त्यसले आफ्नो औचित्यसमेत पुष्टि गर्नुपर्छ । के यसमा सातौँ सफल होला ? त्यो कुनै कोणबाट देखिँदैन । किनकि सातौँ पूर्वाञ्चलमा आयोजना गर्न मात्र गरिएकोजस्तो देखिएको छ । जुन कुरोको सातौँको स्थलगत भ्रमण गर्नेले जिब्रो टोकेकोबाटै अड्कल र अनुमान लगाउन सकिन्छ । जो दृश्य सातौँको आयोजना स्थलमा देखिएको थियो त्यो आफैँमा दुःस्वप्नभन्दा कम थिएन । लाजमर्दो मात्र नभई सर्मनाक थियो । अब प्रश्न उठ्छ– सातौँका लागि जुन कार्यदल गठन गरिएको थियो त्यसले के आधारमा पूर्वाञ्चललाई सातौँका लागि योग्य ठहरायो ? त्यस्तै राखेपको अनुगमन टोलीले के आधारमा पूर्वाञ्चललाई सातौँका लागि लाहमोहर लगायो, त्यो शङ्काको घेरामा परेको छ । भौतिक पूर्वाधारको नाममा विराटनगरको सहिद मैदान र इटहरीको नाम मात्रको रंगशाला के सातौँका लागि काफी थियो ? त्यसको जवाफ भोलि यी दुई टोलीसँग अवश्य मागिनेछ र दिनुपर्नेछ । अन्यथा गौचरणबाहेक अन्य कुनै भौतिक पूर्वाधार नभएको ठाउ“मा कसरी सातौँको आयोजना उचित ठानियो आफैँमा सोचनीय बनेको छ । के राजनीतिक रूपमा आफ्नो भोटबैंक बनाउन सातौँलाई बलिको बोका बनाउन मिल्छ ? त्यो यत्रतत्र सर्वत्र चर्चाको विषय बनेको छ ।

उद्घाटन मात्रै सातौँको सफलता र उपलब्धि होइन । तर, विडम्बना ! त्यसैलाई आयोजक राखेपले ठूलो उपलब्धि ठान्यो । अझ सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले सातौँको उद्घाटन गरेपछि राखेपका पदाधिकारीको भुइँमा खुट्टा थिएन । सा“चो अर्थमा उनीहरू आकाशमा उडेर सयर गरेको भान हुन्थ्यो । तर, राखेपका तोरीलाहुरे बिचराहरूलाई के थाहा ? राष्ट्रपतिले उद्घाटन गर्दैमा ‘राष्ट्रिय’ हु“दैन भन्ने ? राष्ट्रिय शब्दलाई सार्थकता प्रदान गर्न राष्ट्रियस्तरको कार्य पनि गर्नुपथ्र्यो । तर, सातौँ त्यसबाट विमुख थियो । सा“चो अर्थमा भन्नुपर्दा सातौँ राष्ट्रिय भए पनि त्यसको हकदार भने थिएन । जसको दोस्रो पाटो कालो अर्थात् अ“ध्यारो थियो । जुन कुरोको ज्ञात राष्ट्रपति विद्यादेवी भण्डारीलाई थिएन । यदि उहा“लाई यो कुरोको जानकारी भएको भए सातौँको उद्घाटन कदापि गर्नुहुने थिएन । राष्ट्रपति भण्डारीले परम्परालाई आत्मसात् गर्नुभो, तर सातौँको कालो पक्षलाई भने नजरअन्दाज गरिदिनुभो । परिणाम, राखेपले यसैलाई बाघ मारेको सम्झ्यो । आफ्नो दोस्रो पाटो जुन कालो थियो त्यसलाई भुसुक्कै बिर्सियो । अन्य बेला खेलाडीलाई राष्ट्रिय गहना भन्ने राखेपले खेलाडीलाई खेलाडीको रूपमा नभई भेडबाख्राको रूपमा मैदानमा उता¥यो, जुन आफैँमा कहालीलाग्दो र राणाशासनको बर्बरताभन्दा कम थिएन । जसको उदारहण महिला फुटबल खेलाडी मैदानमै अचेत हु“दा राखेपको गैरजिम्मेवारी भूमिका छताछुल्ल भएको थियो । अचेत खेलाडीलाई राखेपले नभई खेलाडीले अस्पतालमा पु¥याएर ज्यान जोगाएका थिए ।
sport-2
राष्ट्रिय प्रतियोगितामा त्यसै विकेन्द्रीकरणको नीति लागू भएको होइन । यसो गर्नुमा त्यस क्षेत्रको खेलकुदको विकाससँगै भौतिक पूर्वाधारको विकास पनि हो । त्यसैका लागि राज्यले करोडौँ लगानी पनि गर्ने हो । तर, विडम्बना ! पूर्वाञ्चलमा त्यस्तो कुनै दृश्य देखिएन । भौतिक पूर्वाधारको नाममा जीर्ण दुईवटा रंगशालाबाहेक सातौँ खेलकुदका लागि नया“ पूर्वाधार बन्न सकेन । बन्नुपर्ने पूर्वाधार किन बनेन त्यसको चाँसो पूर्वाञ्चलवासीले राखेको पनि पाइएन । अन्यथा राजनीतिज्ञ जन्माउने उर्वरभूमिमा यसको खोजखबर अवश्य हुन्थ्यो होला, तर भएन । सा“चो रूपमा भन्नुपर्दा पूर्वाञ्चलबासीले सातौँलाई खासै महत्व दिएको पनि देखिएन । यो कुराको पुष्टि खेल आयोजना हु“दा स्थानीयबासीको उपस्थितिलाई हेर्दा सोझै अनुमान लगाउन सकिन्थ्यो । सहरमा राष्ट्रिय प्रतियोगिता भइरहेको छ, तर स्थानीयवासी बेखबर छन् । उनीहरूले राष्ट्रिय पर्वको रूपमा लिएएको सातौँलाई नजरअन्दाज गरिरहेका आभास हुन्थ्यो । यसको पछाडि थुप्रै कारण होलान्, तर स्थानीयवासीमै प्रभाव पार्न नसकेको सातौँले खेलकुदको विकास र विस्तारमा कति प्रभाव पारेको होला अहिले प्रश्न उठेको छ । सातौँ जे–जस्तो तरिकाले सञ्चालन भए पनि अब सफल हुने कुरामा दुईमत छैन । यसले के सन्देश दिएर सफल हुन्छ ? त्यसले चाहि“ पक्कै अर्थ राख्नेछ । भविष्यमा पनि राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि मात्रै आयोजना गरिने हो कि समग्र खेलकुदको विकासका लागि त्यो अहिले अहम् विषय बनेको छ । यदि भविष्यमा पनि यसरी नै राष्ट्रिय प्रतियोगिताको आयोजना गरिने हो भने त्यो गर्नुभन्दा नगर्नु नै खेलकुद र खेलाडीको स्वास्थ्यका लागि राम्रो मानिनेछ । अन्यथा आचित्यहीन राष्ट्रिय प्रतियोगिताको परिणाम पनि नकारात्मक नै आउने कुरामा कुनै शङ्का छैन । सातौँबाट यो पाठ सबैले सिक्नुपर्ने जरुरी भइसकेको छ ।


राष्ट्रपतिको उद्घाटन भाषणको चर्चा

हाल पूर्वाञ्चलमा सञ्चालन भइरहेको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन सम्माननीय राष्ट्रयति विद्यादेवी भण्डारीले गर्नुभएको थियो । सो अवसरमा उहा“ले प्राकृतिक प्रकोपले मुलुकलाई गा“जेको अवस्थमा पनि सातौँ पूर्वाञ्चलमा हुनु खुसीको कुरो भएको बताउ“दै पूर्वाञ्चलवासीलाई बधाई दिनुभएको थियो । व्यक्ति, समाज र राष्ट्रकै लागि खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने बताउ“दै राष्ट्रपति भण्डारीले प्रतियोगितालाई निरन्तरता दिन सरकारले लगानी गर्नुपर्ने र खेलकुदलाई प्राथमिकताको सूचीमा राख्नुपर्ने बताउनुभएको थियो । उहा“ले सरकारले खेलकुदको दिगो विकासका लागि विद्यालयस्तरबाटै खेलकुदको विकास गर्नुपर्ने आवश्यकतालाई औँल्याउ“दै विद्यालयदेखि विश्वविद्यालयसम्म खेलकुदको पाठ्यक्रम राख्नुपर्ने धारणा राख्नुभएको थियो । राष्ट्रपति भण्डारीले नेपालमा आयोजना गर्ने १३औँ एसियाली खेलकुद, इन्डोनेसियामा आयोजना हुने १८औँ एसियाली खेलकुद प्रतियोगिता र टोकियोमा हुने ओलम्पिक प्रतियोगितामा नेपालको उच्चस्तरीय प्रदर्शन गर्न सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सहायकसिद्ध हुने बताउँदै ‘सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता’ उद्घाटन भएको औपचारिक घोषणा गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले भनेझैँ अब सातौँ यी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सहायकसिद्ध हुन्छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कठघरामा जाकिन्छ, त्योचाहि“ हेर्न लायक भएको छ । यसर्थमा कि सातौँको आयोजना जुन किसिमले भएको छ, त्यसको वर्णन भविष्यमा शेषनागले पनि गर्न गाह्रो पर्नेछ ।