महिला जताततै असुरक्षित !

महिला जताततै असुरक्षित !


mahila

मिडियामा महिला हिंसासम्बन्धी सामग्रीले कति स्थान पाएको छ भन्ने सन्दर्भमा समेत काम गर्दै आएको महिला मिडियाकर्मीको संस्था ‘सञ्चारिका समूह’ले गत असोजदेखि मङ्सिरसम्मको अवधिमा ४८ किशोरी तथा महिलाको बलात्कार भएको विभिन्न सञ्चारमाध्यमले जनाएको उल्लेख गरेको छ । समूहका अनुसार चौधवटा राष्ट्रिय दैनिकमा गरिएको सञ्चार अनुगमनले बलात्कारपीडित १–९ वर्षका आठजना, ११–१९ का २४ जना, २३–३२ का सातजना, ४२–५५ का तीनजना र ६ जना उमेर उल्लेख नभएका रहेको देखाएको छ । यस्तै, बलात्कार घटनामा पीडकहरूचाहिँ १३ देखि ६५ वर्षसम्मका थिए । पीडकहरूमा परिवारका सदस्य दुईजना, छिमेकी १२, नातेदार दुईजना, प्रहरी एकजना, धामी–झाँक्री एकजना र अन्य ३० रहेको तथा १२ वटा सामूहिक बलात्कारका घटना रहेका थिए ।

अनुगमनले सबैभन्दा बढी बलात्कार मध्यमाञ्चल विकास क्षेत्रमा (२४ वटा) र जिल्लाका आधारमा काठमाडौंमा (नौवटा) भएको देखाएको छ । बलात्कार, यौन दुव्र्यवहार, घरेलु हिंसा, दाइजो, हत्या, बोक्सी, कुटपिट र स्वास्थ्य अधिकार उल्लङ्घनसम्बन्धीका शीर्षकमाथि अनुगमन गरिएको सञ्चारिका समूहले जनाएको छ । अनुगमनले बालिका तथा महिला घर, छिमेक, स्कुल जताततै असुरक्षित रहेको र सानो विवादमै मारिएको, आफन्त, छिमेकी परिचित मान्छेबाटै लुुटिएको अनि आधारभूत स्वास्थ्य अधिकारबाट वञ्चित रहेको देखाएको छ ।
sas-logo-new