निर्माता सङ्घको जिम्मेवारी आकाशको काँधमा

निर्माता सङ्घको जिम्मेवारी आकाशको काँधमा


20-nirmata-sanga

नेपाली चलचित्र निर्माताहरूको संस्था ‘निर्माता सङ्घ’को गत साता सम्पन्न १४औँ साधारणसभाले आकाश अधिकारीलाई निर्विरोध रूपमा अध्यक्ष चयन गरेको छ । लामो समयदेखि चलचित्र निर्माण तथा निर्देशनमा सक्रिय आकाश समाजसेवाका लागि पनि चिनिएका पात्र हुन् । कहिले आमाघरमा आश्रय लिइरहेका आमाहरूलाई न्यानो कपडा वितरण गरेर त कहिले भूकम्पपीडितलाई राहत उपलब्ध गराएर प्रशंसा बटुल्दै आएका आकाशका चलचित्र पनि खास विशेषताका कारण चर्चित रहँदै आएका छन् ।

सङ्घको उपाध्यक्षद्वयमा गोविन्द शाही र माधव वाग्ले पनि निर्विरोध छानिएका छन् भने निर्माता केशव भट्टराईलाई वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरी सङ्घमा सक्रिय गराइने बुझिएको छ । गत शुक्रबार भएको साधारणसभाले विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेको हो भने कार्यसमितिको सदस्य सङ्ख्या पनि एघार पु¥याइएको छ ।

यस्तै, महासचिवमा रोज राणा, सचिवमा छविराज ओझा, कोषाध्यक्षमा सुशील पोखरेल र सदस्यहरू पनि निर्विरोध नै छानिएका छन् । सदस्यहरूमा करिश्मा मानन्धर, दीपेन्द्र के. खनाल, भानुप्रताप, दीपकराज गिरी, चेतन सापकोटा, रोहित अधिकारी, अर्जुनकुमार, निकिता पौडेल, रौनकविक्रम कँडेल छानिएका हुन् । निश्चल बस्नेत र सुशान्त श्रेष्ठलाई पनि संशोधित विधानबमोजिम सदस्य पदमा ल्याइने र अन्य दुईजना सदस्यलाई नयाँ कार्यसमितिले मनोनीत गर्ने बताइएको छ । निर्माता सङ्घको नयाँ कार्यसमितिले बक्स अफिस र सेयर प्रतिशतलाई मुख्य एजेन्डा बनाउने जानकारी पनि दिइएको छ ।