करोडौैँ बुझेर रातारात नियुक्ति

करोडौैँ बुझेर रातारात नियुक्ति


बिमा समिति अध्यक्ष नियुक्ति प्रकरण

rabindra-ghimire-chiranjibi-chapagain

नेपालमा हाल लाइफ र नन्लाइफ बिमा (इन्स्योरेन्स) कम्पनीहरू ३२ वटा रहेकोमा लाइफ र नन्लाइफ इन्स्योरेन्स कम्पनीहरू केही शक्तिशाली ब्यक्तिहरूले तत्कालै थप्न चाहेका छन् । छोटो अवधिमै करोडौँ मुनाफा आर्जन गर्ने यस्ता लाइफ र नन्लाइफ बिमा कम्पनीहरू दर्ता गर्नका लागि बिमा समितिको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यस्ता इन्स्योरेन्स कम्पनीहरू थप गर्नका लागि दुई–चार करोड त एउटै कम्पनी दर्ता भएबापत घुसको रूपमा असुल गर्ने अवसर बिमा समितिको नेतृत्वलाई हुने बताइन्छ । यसमा बिमा समितिको बोर्ड र खासगरी बिमा समितिका अध्यक्षको हात रहेको हुन्छ । ज्ञातव्य छ, लामो समयदेखि थप इन्स्योरेन्स कम्पनीहरूको दर्ता रोकिएको छ ।

यही इन्स्योरेन्स क्षेत्रको अनुगमन नियमन गर्ने शक्तिशाली निकाय बिमा समितिको अध्यक्ष मनोनयनका लागि माओवादी केन्द्रका केही नेता, पहु“चवाला केही बैंकर, अर्बपति रसिया रिटर्न व्यापारी उपेन्द्र महतोहरू एक महिनादेखि चलखेलमा थिए । छाया प्रधानमन्त्रीको भूमिकामा रहेका वर्षमान पुन, दीनानाथ शर्माहरूमार्फत प्रधानमन्त्री प्रचण्डकोमा पहुँच पु¥याएर नेपाल राष्ट्र बैंकका जागिरे चिरञ्जीवी चापागाईंलाई बिमा समितिको अध्यक्षमा मनोनयन गर्ने २०७३ पुस १४ गतेको मन्त्रिपरिषद् निर्णय २०७३ पुस १८ गते सोमबार मात्र सार्वजनिक गरिएको छ । बिमा समितिको अध्यक्षमा चिरञ्जीवी चापागाईंलाई नियुक्त गर्नका लागि माओवादी केन्द्रनिकट रहेका केही शक्तिशाली तर दलालीमा समेत अनुभव प्राप्त नेताहरूलाई नया“ इन्स्योरेन्स कम्पनी ल्याउन चाहने अर्बपति साहुजी र बैंकरहरूले करोडौँ घुस टत्र्mयाएर सफलता हासिल गरेको थाहा भएको छ ।

बिमा समितिको अध्यक्षका लागि पोखरा विश्वविद्यालयका सहप्रध्यापक एवम् निर्देशक डाक्टर रवीन्द्र घिमिरेको नाम अग्रपङक्तिमा भए तापनि घुसखोर भ्रष्टतत्वले प्रधानमन्त्री प्रचण्डलाई प्रभावमा पारेर चापागाईंलाई नियुक्त गरिएको स्रोतको दाबी छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिमिरेलाई बिमा समितिको अध्यक्ष नियुक्त गरेको खबर पुस १४ गते नै चुहिएको थियो । प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयलाई उद्धृत गर्दै समाचार प्रकाशित भएका थिए । बिमाकै बारेमा पीएचडीसमेत गरेका डा. घिमिरेको नियुक्ति विज्ञता र बिरासतका हिसाबले उचित मानिएको थियो । उनको नियुक्तिको निर्णय हुनुपूर्व नै अर्थमन्त्री कृष्णबहादुर महराले समेत बधाई दिएका थिए । माओवादी जनयुद्धमा तीन वर्ष जेल खेपेका र पूरै परिवार युद्धमा लागेको पृष्ठभूमिका घिमिरेलाई रातारात लत्याइएपछि माओवादीवृत्तमा असन्तोष व्याप्त भएको थाहा भएको छ ।

‘पुस १४ गते अर्थमन्त्री महराले घिमिरेलाई एक नम्बरमा राखेर लगेको प्रस्तावबारे मन्त्रिपरिषद्मा छलफल भए पनि कुनै निर्णय हुन सकेको थिएन । प्रधानमन्त्री प्रचण्डले अर्को बैठकमा निर्णय गर्ने भनेपछि रोकिएको बताइन्छ ।

पुस १८ गते सोमबार मन्त्रिपरिषद्ले बिमा समितिको अध्यक्षमा चिरञ्जीवी चापागाईंलाई नियुक्त गरेको समाचार बाहिरियो । डा. घिमिरेको नियुक्ति भयो भनेर माओवादीहरूले झुटो हल्ला गरेर घिमिरेलाई जताततैबाट बधाईसमेत दिइयो । तर, नियुक्ति भने दलालहरूको करोडौँको बिटो बुझेर चिरञ्जीवी चापागाईंलाई दिइयो । माओवादीकै कारण जेलनेल भोगेका डा. घिमिरेलाई लत्याएर एमाले पृष्ठभूमिका चापागाईं नेपाल राष्ट्र बैंकको निर्देशक पदमा कार्यरत रहेकै अवस्था नियुक्त गरियो । चापागाईं अर्थमन्त्री महराका स्वकीय सचिव हेमलाल चापागाईं अर्थात् हिमाल शर्माका नातेदारसमेत भएको बताइन्छ । बाग्लुङ घर भएका चापागाईंको माओवादी नेता दीनानाथ शर्मासँग पनि निकटको सम्बन्ध रहेको छ । माओवादीका एक नेताले चापागाईंलाई ‘वर्षमान पुन, दीनानाथ र हिमाल शर्माको आशीर्वाद लागेको, नोट र नाताले नियुक्ति दिलाएको’ प्रतिक्रिया दिए । बधाई खाएर पनि नियुक्ति नपाएपछि घिमिरेले सामाजिक सञ्जालमा भावपूर्ण प्रतिक्रिया दिएका छन् । उनले आपूm बिमा क्षेत्रमा क्रियाशील हुने भन्दै निराश नहुन सबैलाई आग्रहसमेत गरेका छन् ।