समयले राखेको छ…

समयले राखेको छ…


rameshwor-matridas

– रामेश्वर राउत ‘मातृदास’

जति सक्छौ निर्दोषलाई अझै देऊ धोका
समयले राखेको छ हरेक लेखाजोखा

कौरवीय अन्याय र अत्याचारको आरो
सहनशील समयलाई छैन खप्न गाह्रो
कति रै’छन् सीमाहीन बेइमानका पोका
जति सक्छौ निर्दोषलाई अझै देऊ धोका
समयले राखेको छ…

अन्धकार कृतघ्न हो कहाँ–कहाँ सक्छौ घेर
समयले झम्टेपछि लाग्ने छैन बेर
बेइमानको कमाइ हो पलभर पानी–फोका
जति सक्छौ निर्दोषलाई अझै देऊ धोका
समयले राखेको छ….