सत्य लुकाउने दुस्प्रयास

सत्य लुकाउने दुस्प्रयास


सातौँ राष्ट्रिय प्रतियोगिता

सातौँ राष्ट्रिय प्रतियोगिता कसरी सम्पन्न भयो, त्यो घामजस्तै छर्लङ्ग छ । सातौँको बारेमा कुनै पनि खेलकुद पदाधिकारीले गर्व गर्ने ठाउ“ छैन । सातौँ राष्ट्रिय प्रतियोगिताको कलङ्क थियो । जुन आफैँमा उपलब्धिहीन र कुरूप थियो । यसले पूर्वाञ्चलको मान, सम्मान र प्रतिष्ठामा धावा बोलेको थियो । पूर्वाञ्चललाई सातौँले चर्चामा नभई विवाद र बदनाम गरेको थियो । भौतिक पूर्वाधार, व्यवस्थापन, बसोबास, प्रचारप्रसार र आयोजनाका दृष्टिकोणले सातौँ पूर्ण रूपमा असफल भएको थियो । त्यसैले छैटौँका आयोजक कमिटीका एक सदस्यले सातौँका आयोजक कमिटीका एक सदस्यलाई विनम्रतापूर्वक दिएको धन्यवादबाट नै सोझै अनुमान लगाउन सकिन्छ । उनले धन्यवाद दिनुको अन्य कारण नभई सातौँको फितलो आयोजना थियो । जसले छैटौँको कीर्तिमानलाई तोडेको थियो ।

सातौँको आयोजना दुस्वप्नजस्तै थियो, यो सातौँप्रति सञ्चारकर्मीले गरेको टीका–टिप्पणी र लेख–रचनाबाट प्रमाणित हुन्छ । मोफसलका सञ्चारकर्मीले आफूआबद्ध सञ्चारमाध्यममा सातौँको जसरी पर्दाफास गरे त्यो नै सातौँको असली चेहरा थियो । ती सञ्चारकर्मीले कसैको प्रलोभनमा नपरी सातौँको सत्यतथ्यको उजागार गरेका थिए । नेपाली खेलाडीका लागि नाङ्गो खुट्टाले दौडिनु सामान्य भए पनि अन्तर्राष्ट्रिय नियम, कानुन र मूल्य–मान्यतानुसार त्यसो गर्न मिल्थ्यो ? त्यो खेलाडी सीधै डिसक्वालिफाई हुन्थ्यो, अर्थात् उसले खेल्न नै पाउ“दैनथ्यो । तर, उसलाई कुन नियमले खेल्न दिइयो ? यसको उजुरी अन्तर्राष्ट्रिय संस्थामा प¥यो भने के हुन्छ ? के यसको जवाफ राष्ट्रिय खेलकुद परिषद्सँग छ ? एथलेटिक्सका मुख्य प्रशिक्षक अमिरिप्रसाद यादवले यसबारे दिएको गैरजिम्मेवारी प्रतिक्रिया सुन्दा उनलाई राखेपले एमालेको कार्यकर्ता भएकै कारणले मुख्य प्रशिक्षक बनाएको हो भन्दा शङ्का गर्नुपदैन । यसर्थमा कि उनको बयान आफैँमा गैरजिम्मेवारी र विवादास्पद थियो । त्यस्तो बयान त केवल राजनीतिक कार्यकर्ताले मात्र दिन्छ र भन्छ । यादवले नेपाली मात्र नभई विदेशी खेलाडी पनि राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा नाङ्गो खुट्टाले दौडिन्छन् भनेका थिए । उनले यस्तो दृश्य कहा“ देखे त्यो खोजीको विषयसमेत बनेको अहिले । उनको बयान सुनेर एकजना खेल पत्रकार भन्दै थिए– ओलम्पिक हो कि क्या हो ?

सातौँका प्रायः सबै कुरा विवादमा परे । खेलाडी, प्रशिक्षक र उपसमितिका सदस्यले गरेको गुनासोलाई आत्मसात् गर्दा पनि यसमा लालमोहर लगाउन सकिन्छ । तर, विडम्बना, राखेपले सातौँका सत्यतथ्यलाई लुकाउने जुन दुस्प्रयास ग¥यो त्यसको कथा आफँैमा अपत्यारिलो र निन्दनीय छ । जुन मोफसल र केन्द्रबाट खटिएका सञ्चारकर्मीको कलमलाई भा“च्ने हर्कत थियो । यो हर्कत अरू कसैले नभई राखेपले गरेको हो । राखेपले आफ्नो कर्तुत लुकाउन र साख जोगाउन यस्तो हर्कत गरेको सा“चो हो । तर, यसका ग्य्रान्डडिजाइन अर्थात् राखेपका प्रेस सल्लाहकार रोहित दाहालले आफू सञ्चारकर्मी हु“दाहु“दै सञ्चारकर्मीकै अपमान र दोहोलो काढ्ने कार्य किन गरे यो पनि सा“चो हो । यसको थुप्रै प्रमाणमध्ये यहा“ एउटा सञ्चारगृहको मात्रै उदाहरण दिन चाहन्छु जसमा सातौँको बारेमा अजबगजबले समाचार सम्प्रेषण गरिएको थियो । जुन पढ्दा र देख्दा आफँैलाई आत्मग्लानि भएको थियो । कुरा एउटा दैनिक पत्रिकाका हो, जसको पछाडि पेजमा सातौँको स्थलगत रिपोर्टिङ गरेका सञ्चारकर्मी सातौँबारे सत्यतथ्य प्रकाशित गरेका छन् । तर, विडम्बना ! सोहि पत्रिकाको सोही अङ्कमा राजधानीमा रहेका सञ्चारकर्मीले सातौँको समाचारलाई प्रमुख समाचार बनाउ“दै सातौँ असफलतामाथि पर्दा हाल्ने दुस्साहस गरेका छन् । यस्तो किन गरियो र गर्न लगाइयो ? त्यसको गहिराइ खोतल्न कुनै जरुरी छैन । यसर्थमा कि त्यो नुनको सोझो थियो । यही नै त्यसको तोड थियो । कसैले लेखेर नुनको सोझो गरे, कसैले मौनता सा“धेर । आखिर फेरि पनि विदेश जानुपर्छ, त्यसका लागि टिकट चाहिन्छ, टिकट किन्न मोटो रकम चाहिन्छ, मोटो रकम पाउन राखेप जानुपर्छ ।

हत्केलाले सूर्यलाई छेक्ने दुस्साहस गर्नु आफैँमा मूर्खता हो, तर त्यो दुस्साहस राखेपका सदस्यसचिव केशवकुमार विष्टले गरे । सातौँका सबै समिति र उपसमितिको प्रमुख एमालेका कार्यकर्ता बनाए । जसले सातौँलाई सफल बनाउनुको साटो आफूलाई आर्थिक रूपमा सबल बनाए । सातौँका कमी–कमजोरीलाई ढाकछोप गर्दै गलत सूचनाको प्रवाह गरे । परिणाम यिनै एमालेका कार्यकर्ताको अमानवीय हर्कतले गर्दा सातौँ असफल भयो । पूर्वाञ्चलको बदनाम भो, खुद सदस्यसचिव विष्ट असफल सदस्यसचिव बन्न पुगे । तर, भलै सातौँ असफल भए पनि राजनीतिक दृष्टिकोणको चस्माले हेर्दा भने विष्ट सफल भएका छन् । उनले सातौँबाट धेरैजसो एमालेका कार्यकर्तालाई खुसी पार्न सफल भएका छन् । उनको पार्टीमा हैसियत र उचाइ बढेको छ । सा“चो रूपमा भन्नुपर्दा पूर्वाञ्चलमा एमालेको भोटबैंकमा ठूलो वृद्धि भएको छ । सातौँकै कारणले विष्टले भविष्यमा सांसदको टिकट पाए भने अन्यथा मानिनेछैन ।