देशद्रोहीकै जिम्मामा देश !

देशद्रोहीकै जिम्मामा देश !


deva-prakash-tripathi-2

■ देवप्रकाश त्रिपाठी

सीके राउत देखाएर तर्साउन–बार्गेनिङ गर्न खोज्नेहरू र राउतको सोच तथा तिनका गतिविधिलाई ‘अन्डरमाइन्ड’ गरेर देखाउनेहरू एकै सिक्काका दुई पाटा भएको तथ्य बुझ्न जति विलम्ब गरिन्छ देशले त्यति नै विकराल समस्याको सामना गर्नुपर्ने हुन्छ । कसैको हत्या हुँदा या कुनै नारीमाथि बलात्कार हुँदा टुलुटुलु हेरेर बस्नेहरूलाई हाम्रो प्रचलित कानुनले हत्यारा या बलात्कारीको मतियार मानेको र त्यस्ता मानिसमाथि पनि दण्ड–सजायको व्यवस्था गरेको छ । यस्तो कानुनी प्रावधानका आधारमा विमलेन्द्र र प्रचण्डहरूलाई देशद्रोही मान्न किन सकिँदैन ?

शेर्पाहरू दिनहुँ सगरमाथाको शिखरदेखि फेदीसम्म ओहोरदोहोर गर्छन्, जीवन गुजाराको मुख्य साधन बनेका कारण उनीहरू हिमाललाई औधी माया गर्छन्, आफूलाई जत्तिकै या कतिपय सन्दर्भमा त आफूलाई भन्दा पनि बढी । शेर्पाहरूले हिमालप्रति ज्यादा ममता राखे या अपनत्व भाव दर्शाए भनेर कसैले तिनलाई बाधा–विरोध पु¥याएका छैनन्, बरु शेर्पाहरूले नेपालको हिमाल जतनसाथ राखिदिएकोमा बाँकी नेपाली पनि शेर्पाहरूप्रति कृतज्ञ छन्, उनीहरू प्रशंसित छन् । हिमाल र शेर्पाको नाता धेरै गहिरो र पुरानो छ, त्यही आधारमा शेर्पाहरूले हिमालको लालपुर्जा माग्न थाले भनेचताहिँ बाँकी नेपालीले के गर्लान् ? शेर्पालाई लालपुर्जा उपलब्ध गराएर हिमालको बेग्लै मालिक मान्न बाँकी नेपाली तयार होलान् या शेर्पाहरूलाई हिमालबाटै उठिबास लगाउने अभियान सुरु होला ? हामीलाई थाहा छ– शेर्पाहरूको जीवन हिमालसँग अविच्छिन्न प्रकारले जोडिएको छ, तर हिमाल बन्नु या सगरमाथा अग्लिनुमा उनीहरूको कुनै योगदान छैन । आफैँ सृष्टि भएको हिमाललाई शेर्पाहरूले जीवन गुजाराको माध्यम मात्र बनाएका हुन् ।

त्यस्तै, काठमाडौं उपत्यका प्राकृतिक रूपमा सुन्दर हुनु र नेवारहरू यहाँका मूल बासिन्दा हुनु नितान्त भिन्न विषय–सन्दर्भ हुन् । उपत्यकाको सृष्टि र यसको प्राकृतिक सौन्दर्यमा नेवारहरूको कुनै प्रकारको योगदान नभएको नेवार स्वयम्ले बुझेका छन् । त्यस्तै लेक, बेसी, खोला, नदी, झरना र वनजङ्गलको उत्पत्ति जनजाति या ब्राह्मण–क्षेत्रीहरूले गरेका होइनन् । कुनै खास समयदेखि बसोवास गर्ने गरेकै कारण तिनले यी प्राकृतिक सम्पदामा एकलौटी हकदाबी गर्न पाउँदैनन् र गरे भने त्यसलाई राज्यविरुद्धको सोच मानिन्छ । यसैगरी मधेस या तराई समथर हुनुमा मधेसी या मधेसवासीको कुनै प्रकारको योगदान नभएको पृथ्वीवासीलाई थाहा छ । मधेसतिरका एकथरी राजनीतिजीवी त मधेसमाथि आफ्नो हक यसरी जनाउँदैछन् कि मानौँ, पूरा मधेस तिनका पिताश्रीले डोजर चलाएर समथर बनाएका हुन् । मधेसलाई आफ्नो ठान्न पाउने हक मधेसी भन्न रुचाउनेहरू र नरुचाउने मधेसवासीलाई त छँदै छ, आमनेपालीको पनि मधेसलाई आफ्नो ठान्ने हक छ । मधेसलाई मात्र कसैले आफ्नो ठानेको छ, हिमाल, पहाड, लेक, बेसी र नदी–झरनालाई आफ्नो ठान्दैन भने नठान्नेकै आफ्नो कमजोरी मान्नुपर्छ ।

तर, आफ्नै देशको एकथरी भूक्षेत्र या प्राकृतिक सम्पदालाई आफ्नो ठान्ने विश्वास र हिम्मत नभएकाहरू यतिबेला देश विभाजनको नारा लगाउने सीके राउतको समर्थन गर्दै छन् या सीके देखाएर नेपाल, नेपाली र नेपाल राज्यलाई तर्साउन खोज्दै छन् । कोसी नदीपश्चिम महेन्द्र राजमार्गको दक्षिण र धनुषापश्चिमबाट मात्र नेपाली राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षति पु¥याउने आवाज बेलाबेला किन उठ्ने गर्दछ, यो अध्ययनको विषय हुनुपर्ने भयो । कुनै बेला भद्रकाली मिश्र र रामनारायण मिश्रदेखि गजेन्द्रनारायण सिंहसम्मले तराईको मुद्दा विशेष रूपमा उठाउने गर्दथे । तिनले देश विभाजनको नारा प्रकट रूपमा कहिल्यै लगाएनन्, तथापि तिनलाई जाति, भाषा र क्षेत्रीयताको कुरा गर्ने साम्प्रदायिक मानिसको रूपमा हेरिन्थ्यो र सम्मान दिन कञ्जुस्याइँ गरिन्थ्यो । त्यस्तै सप्तरीको सीमावर्ती गाउँतिर जन्मिएका रामराजाप्रसाद सिंहदेखि जयकृष्ण गोइत, राजन आदिले मधेसको नाममा हिंसाको राजनीतिक मार्ग रोजेका हुन् । रामराजाले मृत्युवरण गरिसकेको र जयकृष्ण गोइतहरू सुस्ताउँदो अवस्थामा पुगेपछि कुनै सीके राउत नामका व्यक्ति रातारात प्रकट भएर देश विभाजनका निम्ति आक्रामक गतिविधि गर्दै छन्, अनि गृहमन्त्रीको जिम्मेवारीमा रहेका जनकपुरतिरका विमलेन्द्र निधिचाहिँ शिशिर ऋतुको घाममा मसाजको आनन्द लिएझैँ सञ्चो मानेर बसेका छन् ।

देश विभाजनको सोच राख्नु या त्यसअनुरूपको गतिविधि गर्नुलाई संसारमा धेरै ठूलो अपराधका रूपमा लिइन्छ । छिमेकी मित्रराष्ट्र भारतको नागाल्याण्ड र आसपासका क्षेत्रमा कसैले देश विखण्डनका निम्ति गधिविधि गर्दा भारतले कसरी बल प्रयोग गरेर देशद्रोहीहरूलाई ठेगान लगाएको थियो, इतिहासमा पढ्न सकिन्छ । विभाजनको मानसिकताका कास्मिरी पृथकतावादी, बोडो र उल्फा आदिका विरुद्ध भारत कसरी लाग्नुपरेको छ, त्यो हामी हेरिरहेका छौँ । खालिस्तान नामक बेग्लै राज्य (देश) माग गर्दै सङ्घर्ष गर्ने भिण्डरावाले र तिनका समर्थकलाई भारतका तात्कालिक प्रधानमन्त्री इन्दिरा गान्धीले स्वर्ण मन्दिरमै प्रवेश गरेर सिध्याएको पनि धेरै भएको छैन । महिन्दा राजापाक्षे नेतृत्वको सरकारले श्रीलङ्काका प्रभाकरणसहित विखण्डनकारी तमिलहरूलाई समाप्त गर्न कति ठूलो युद्ध लड्नुप¥यो यो पनि हामीले देखेका हौँ । तमिल पृथकतावादीविरुद्धको सशक्त कारबाहीमा विलम्ब भएका कारण श्रीलङ्काले धेरै ठूलो क्षति व्यहोर्नुप¥यो भने खालिस्तानी विखण्डनकारीहरूलाई समयमै बल प्रयोग गरेर समाप्त गरिएका कारण भारतले धेरै ठूलो क्षति व्यहोर्नुपरेन भन्न सकिन्छ । चीनले पृथकतावादी उइगुरु आतङ्कारीहरूलाई तह लगाउने तत्परता समयमै नलिएको भए त्यसले पनि चीनलाई सताउन सक्ने सम्भावना थियो । तर, नेपालमा पृथकताको वकालत गर्ने सीके राउतप्रति राज्यसत्ताका मालिकहरूको व्यवहार ज्वाइँ र ससुराबीचको जस्तो देखिँदै छ । राउत तराईका कपियत जिल्लामा देशविरोधी सङ्गठन निर्माण गरेर हिँड्दै छन्, खुलेआम सभा गरी नेपालबाट अलग्याएर स्वतन्त्र मधेस देश निर्माणको सङ्घर्षमा जुट्न तराईका सीधासाधा नेपाली जनतालाई आह्वान गर्दै छन् । जाति, भाषा, धर्म, क्षेत्रको नाममा राजनीति सुरु गरेर नेपालको राष्ट्रियता एवम् राष्ट्रिय एकताको जग भत्काउने कामको थालनी त प्रचण्ड–बाबुरामले नै गरेका हुन्– दुई भिन्न भूमिकामा रहेर अझै गर्दै छन् । प्रचण्ड–बाबुरामलाई आजको हैसियतमा पु¥याउन र देशलाई विद्यमान सङ्कटको रापमा धकेल्न मुख्य भूमिका निर्वाह गर्नेमा चाहिँ गिरिजाप्रसाद कोइरालाबाहेक अन्यको नाम सायदै लिन सकिएला ।

विमलेन्द्र, प्रचण्ड र सीके राउतहरूले देश विखण्डनको निम्ति भूमिका निर्वाह गरिरहँदा मधेसवासी जनतालाई एउटा अवसर प्राप्त भएको छ, सच्चा नेपाली भएको प्रमाणित गर्ने अवसर । सीके राउतहरूलाई जनस्तरमै दण्डित गरेर मधेसवासी नेपालीले नयाँ इतिहास रच्न सक्छन्, सीकेहरूलाई दण्डित गरेर विमलेन्द्र र प्रचण्डहरूलाई पाठ सिकाउने मधेसवासी नेपाली एकजुट हुन सक्छन् । यसो भएमा मधेसवासीहरूमाथि शङ्का गर्नेहरूलाई पनि निर्णायक जवाफ मिल्न सक्दछ ।

०००

महन्थ ठाकुरहरूको झैँ विमलेन्द्र–प्रचण्डहरूको सत्ता–मोर्चा पनि सीके राउतकै वैधानिक मञ्च होइन भन्न तथ्य प्रमाण र तिनको सोच–व्यवहारले दिइरहेको छैन । राउत देश विभाजनका निम्ति सङ्गठन निर्माण र सभा गर्दै हिँड्ने, विमलेन्द्र–प्रचण्डले तिनका गतिविधिमाथि अवरोध पैदासम्म नगर्ने, बरु संरक्षण गर्ने काम गरिरहेका छन् भने यो सत्ता गठबन्धनलाई सीके राउतको वैधानिक मोर्चा नभनेर के भन्ने ?

जहाँ वामपन्थी कम्युनिस्टहरूको गतिविधि बढ्छ त्यहाँ जातीयता र क्षेत्रीयतावादी विकृति घृणास्पद किसिमले झाङ्गिने गर्दछ । टर्कीमा माओवादी सङ्घर्षकै साथ–सहयोग पाएर त्यहाँ जातिवादी सङ्घर्ष अघि बढेको थियो । दशक नबित्दै जातीय विखण्डनकारी सङ्घर्ष यसरी अघि बढ्यो कि माओवादीको सङ्घर्ष त कुवेर शर्माहरूले निर्माण गरेको हरियाली पार्टीझैँ हुन पुग्यो, सुनिने तर कतै नदेखिने अवस्थाको । इथियोपियामा माओवादी सङ्घर्षकै जगमा क्षेत्रीयतावादी सङ्घर्ष चर्कियो र अन्ततः देश विभाजन भएर मात्र विखण्डनकारीको सङ्घर्षमा विराम लागेको हो । जातीय र क्षेत्रीय मुद्दाले राजनीतिमा ‘स्पेस’ पाएपछि त्यसले एक न एक दिन गृहयुद्ध निम्त्याउने र देश विभाजन गर्ने निश्चित मानिन्छ । अहिले महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र यादवहरूले जे गर्दै छन्, जे गर्न खोज्दै छन् त्यो सीके राउतहरूको सोच र इच्छाभन्दा बेग्लै हो भनेर बुझ्नुहुँदैन । महन्थहरूको मोर्चालाई सीकेहरूको वैधानिक रक्षाकवचका रूपमा बुझियो भने सायद गलत हुनेछैन । महन्थ ठाकुरहरू क्रमशः बिस्तारै र किस्ताबन्दीमा देश विभाजनको निम्ति काम गर्दै छन्, सीके राउत सीधै विखण्डनको नारा लिएर उत्रिएका छन् । महन्थहरू सीकेलाई देखाएर राज्यसँग बार्गेनिङ गर्दै छन् या बार्गेनिङको साधन बन्नका लागि सीकेहरूले आफ्नो सक्रियता बढाएका छन् ।

जे भए पनि उल्लिखित दुई थरीलाई धेरै भिन्न मानिनुहुन्न । ‘हामीले भनेबमोजिम गर्ने भए गर, होइन भने सीके आउँदै छन् है’ भन्नुको सीधा अर्थ शान्तिपूर्ण तवरले देश विखण्डनको वैधानिक आधार बनाउन राज्य तयार नहुने हो भने सीके राउतसँग मिलेर लड्छौँ भनिएको हो । मधेसी मोर्चाको नाममा सङ्ग्रहित महन्थ ठाकुरलगायत र सीके राउतहरूबीचको सम्बन्धलाई माओवादी र एमालेको जस्तै भनेर पनि बुझ्न सकिन्छ । कुनैबेला एमालेले संवैधानिक राजतन्त्रसहितको संसदीय प्रजातन्त्रलाई आत्मसात् गरेको देखिन्थ्यो । एकताक कसैले एमालेलाई गणतन्त्रवादी या संसदीय प्रजातन्त्रविरोधी भन्यो भने त्यसलाई गाली ठान्थ्यो एमाले । तर, पछि माओवादीहरूलाई निमित्त नायक बनाएर गणतन्त्र घोषणा गरिएपछि एमालेका नेताहरूले भन्न थाले, ‘हामी पहिल्यैदेखिका गणतन्त्रवादी हौँ र नेपालमा संसदीय प्रणाली चल्न सक्दैन भन्ने हाम्रो ठहर छ, त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने व्यवस्था हुनुपर्छ ।’ कुनै समय माओवादीभन्दा धेरै भिन्न देखिने दल एमाले जसरी खास–खास अवस्थामा एउटैजस्तो प्रतीत हुन्छन्, त्यसैगरी महन्थ ठाकुरहरू पनि खास अवस्थामा सीके राउतकै एजेण्डा बोक्न तत्पर हुने सम्भावनालाई इन्कार गर्न सकिँदैन र इन्कार गर्नु पनि हुँदैन ।

नेपालमा नेपाली भूमिमै पैदा भएका कुनै मानव या मानव समुदाय छैनन् । यो भूमिमा पैदा भएका मौलिक केही छन् भने ती बोट–बिरुवा, नेपालमै मात्र पाइने जीवजन्तु, पन्छी र किटपतङ्ग मात्र हुन् । विभिन्न कालखण्डमा उत्तर, दक्षिण र पश्चिमतिरबाट बसाइँ सरी आएका मानिसले सृष्टि गरेको देश नेपाल हो । हेर्नु–बुझ्नुपर्ने पक्ष के मात्र हो भने नेपाल देश बन्नुअघि यस पावन भूमिमा कसको बसोवास थियो र नेपाल बनिसकेपछि कहाँबाट को आएका हुन् । अमेरिकाजस्तो आप्रवासीहरूको देशमा पनि धेरैपछि प्रवेश गर्नेहरू र केही पुस्ताअघि नै बसाइँ सरी त्यहाँ बसोवास गर्नेहरूलाई समान अवसर व्यवहार उपलब्ध छैन । विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतमा समेत आप्रवासीहरूप्रति राज्यको व्यवहार त्यहाँका पुराना बासिन्दासरह भएको देखिँदैन । नेपालजस्तो आकारमा सानो र संवेदनशील राष्ट्रियता भएको मुलुकमा अङ्गीकृतहरूलाई समेत पुरानै नागरिकको दर्जामा राखेर व्यवहार गरिनुपर्छ भन्ने सोच कसैको छ भने त्यो जसरी सर्वथा गलत र अस्वीकार्य छ, मधेसमा अङ्गीकृतहरू मात्र बसोवास गर्छन् या मधेसमा बस्नेहरू सबैलाई अङ्गीकृत नै ठान्नुपर्छ भन्ने सोच पनि त्यति नै अस्वीकार्य र त्याज्य छ । सीके राउतहरू नेपालप्रति आस्था र भरोसा राख्दैनन् भने त्यो सीकेहरूको व्यक्तिगत समस्या हो । त्यसो त उनी पहिल्यै नेपाली नागरिकता त्यागेर अमेरिकी बनिसकेका व्यक्ति पनि हुन् । त्यसैले राउतले नेपालको पक्षमा बोलेनन् या नेपालविरुद्ध क्रियाशील भए भनेर आश्चर्य मान्न या दुःखी भइरहनुपर्छ भन्ने होइन । दुःख त त्यसमा मान्नुपर्छ– जसले नेपाली जनताले तिरेको करबाट तलबभत्ता बुझी नेपालकै मन्त्री र प्रधानमन्त्री पद ओगटेर सीकेहरूलाई संरक्षण दिइरहेका छन् ।

गत पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रले राष्ट्रियता र राष्ट्रिय एकताका पक्षमा एकजुट हुन नेपाली जनतालाई आह्वान गर्दा प्रचण्ड र विमलेन्द्र निधिहरूलाई असह्य पीडा भएको देखियो । केही साताअघि उहाँले वक्तव्यमार्फत राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताप्रति सचेत रहन जनतालाई आह्वान गर्दा गृहमन्त्रीको जिम्मेवारीमा रहेका विमलेन्द्र निधिले ‘राजदरबार हत्याकाण्डबारे छानबिन गरी राजालाई कारबाही गर्नुपर्ने’ प्रस्ताव मन्त्रिमण्डलको बैठकमै राखेका थिए भने प्रधानमन्त्री प्रचण्डले त्यसमा समर्थन जनाएका थिए । पूर्वराष्ट्राध्यक्षले राष्ट्रको पक्षमा वक्तव्य जारी गर्दा कारबाहीको धम्की दिने विमलेन्द्र र प्रचण्डहरू सीके राउतले सभा गरेरै देश विभाजन गर्न आह्वान गर्दा के हेरेर बस्दै छन् ? हुन त, राष्ट्रनिर्माता पृथ्वीनारायणको सालिक ढाल्नेहरू, उनको आलोचना र गालीमा रमाउनेहरू, राष्ट्रिय एकता दिवस मनाउने र उक्त दिन राष्ट्रिय बिदा दिन नचाहनेहरू देश विखण्डनको सम्भावनाप्रति सचेत र चिन्तित हुने आशा गरिनुचाहिँ उचित होइन, तथापि राज्यसत्ताको केन्द्रबिन्दुमा रहेका हुनाले तिनैको नाममा ‘गुहार’ शब्द प्रकट हुँदोरहेछ । महन्थ ठाकुरहरूको झैँ विमलेन्द्र–प्रचण्डहरूको सत्ता–मोर्चा पनि सीके राउतकै वैधानिक मञ्च होइन भन्न तथ्य प्रमाण र तिनको सोच–व्यवहारले दिइरहेको छैन । राउत देश विभाजनका निम्ति सङ्गठन निर्माण र सभा गर्दै हिँड्ने, विमलेन्द्र–प्रचण्डले तिनका गतिविधिमाथि अवरोध पैदासम्म नगर्ने, बरु संरक्षण गर्ने काम गरिरहेका छन् भने यो सत्ता गठबन्धनलाई सीके राउतको वैधानिक मोर्चा नभनेर के भन्ने ?

सीके राउत देखाएर तर्साउन–बार्गेनिङ गर्न खोज्नेहरू र राउतको सोच तथा तिनका गतिविधिलाई ‘अन्डरमाइन्ड’ गरेर देखाउनेहरू एकै सिक्काका दुई पाटा भएको तथ्य बुझ्न जति विलम्ब गरिन्छ देशले त्यति नै विकराल समस्याको सामना गर्नुपर्ने हुन्छ । कसैको हत्या हुँदा या कुनै नारीमाथि बलात्कार हुँदा टुलुटुलु हेरेर बस्नेहरूलाई हाम्रो प्रचलित कानुनले हत्यारा या बलात्कारीको मतियार मानेको र त्यस्ता मानिसमाथि पनि दण्ड–सजायको व्यवस्था गरेको छ । यस्तो कानुनी प्रावधानका आधारमा विमलेन्द्र र प्रचण्डहरूलाई देशद्रोही मान्न किन सकिँदैन ?

नेपाली तराई–मधेसमा पनि बसोवास गर्छन् र तराई–मधेसमा बसोवास गर्ने आममानिस नेपाली भएकोमा गौरव महसुस गर्छन् । मधेसको वास्तविक समस्या आर्थिक तथा भौतिक विकासको हो, गरिबी, अशिक्षा र कुरीति हो । कसैले मधेसमा बसोवास गर्नेहरूलाई शङ्काका दृष्टिले हेरेका छन् भने त्यो हेर्नेहरूकै दृष्टिदोष हो । विमलेन्द्र, प्रचण्ड र सीके राउतहरूले देश विखण्डनको निम्ति भूमिका निर्वाह गरिरहँदा मधेसवासी जनतालाई एउटा अवसर प्राप्त भएको छ, सच्चा नेपाली भएको प्रमाणित गर्ने अवसर । सीके राउतहरूलाई जनस्तरमै दण्डित गरेर मधेसवासी नेपालीले नयाँ इतिहास रच्न सक्छन्, सीकेहरूलाई दण्डित गरेर विमलेन्द्र र प्रचण्डहरूलाई पाठ सिकाउने मधेसवासी नेपाली एकजुट हुन सक्छन् । यसो भएमा मधेसवासीहरूमाथि शङ्का गर्नेहरूलाई पनि निर्णायक जवाफ मिल्न सक्दछ ।

पश्चिमी मुलुकको आश्रयमा पालित–पोषित सीके राउत अमेरिकाबाट फर्किएर सीधै नेपाल टुक्य्राउने अभियानमा क्रियाशील रहनु आफैँमा रहस्यमयी छ । राउतका पछाडि कसैले छिमेकी मित्रराष्ट्र भारतलाई देखेका छन् भने त्यो गलत हुन सक्छ । आफ्नो राष्ट्रिय सार्वभौमिकता र अखण्डताप्रति अत्यन्त संवेदनशील भारतलाई छिमेकी मुलुक विभाजन गर्ने अभियानको सहयोगी देख्नु–ठान्नुभन्दा पहिले वर्तमान सत्ताधारीहरूको भूमिका र तिनका क्रियाकलापमाथि निगरानी राख्न सक्नुपर्छ । सीके लामो कालो कपालमा देखापरेका देशद्रोही हुन् भने विमलेन्द्र र प्रचण्डहरू कालो दाह्री र कालोटोपीमा प्रकट भएका द्रोही हुन् भन्ने ठहर गर्नु नपर्ने अवस्था अब रहेन । यिनलाई तह लगाउन नेपाली जनताले अझै पनि अग्रसरता नलिने हो भने हामीलाई पनि नेपाली भन्ने अधिकार कसरी रहला– आजको गम्भीर प्रश्न यही बनेको छ ।