सांस्कृतिक सङ्घमा राजुको दाबेदारी

सांस्कृतिक सङ्घमा राजुको दाबेदारी


Raju 2

नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक सङ्घ आफ्नो दोस्रो केन्द्रिय अधिवेशनको सङ्घारमा छ । आगामी शुक्रबारदेखि (माघ २१, २२ र २३) आइतबारसम्म राजधानीमा आयोजना हुने अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्ने भएकोले कला क्षेत्रमा क्रियाशील काङ्ग्रेसनिकट सङ्घका सदस्यहरूबीच भावी नेतृत्व चयनको सरगर्मी बढेको छ । हालसम्म तिर्थ थापा सभापति रहेका सांस्कृतिक सङ्घको नेतृत्व लिन सुपरिचित सिनेकर्मी एवम् काङ्ग्रेस सदस्य राजेन्द्र केसी (राजु)ले आफूलाई अघिसारेका छन् । ०४३ सालदेखि नेपाली काङ्ग्रेसका विभिन्न जिम्मेवारीमा रही क्रियाशील रहँदै आएका अभिनेता तथा निर्माता केसीले पार्टीसम्बद्ध सांस्कृतिककर्मीका गतिविधिलाई काङ्ग्रेसको साङ्गठनिक प्रक्रियामा आवद्ध गराउँदै सम्बद्ध सबैलाई ऐक्यबद्धताका साथ अघि बढाउन आफूले सभापतिमा उम्मेद्वारी दिन लागेको जनाएका छन् ।