भावनाका दुई टुक्रा

भावनाका दुई टुक्रा


Biyogi Budhathoki

– वियोगी बुढाथोकी

१. यथार्थ

के हामीले हेक्का राखेका छौँ
छ भने भन्नुस् हजुर
गर्भमा रहँदाको उज्यालो,
स्वतन्त्रता
र माया
जन्मिएपछि खोसिएको पीडामा
त्यो बच्चा
यति बिघ्न चिच्याएको हुनुपर्छ ।

२. आश्चर्य

मन मिल्दासम्म कतै केही खोट
न त तिमीमा देखियो
न त ममा भेटियो
आज अचानक आकाशमा बादल फाटेझँै
फाट्यो मन
मेराबारेमा तिमीले
यहाँ, त्यहाँ, जताततै अफवाहको आगो सल्कायौ
म सल्किएँ
कस्तो आश्चर्य
मैले बोल्दा आगोका झिल्काहरू गुनासा भए
तिमीले त्यही आगो ताप्दा
खै, कसरी पो हो
जीवनभरका लागि मुनाफा ठहरिए ।