यक्षप्रश्न !

यक्षप्रश्न !


images

तपाईंको बुबालाई ‘हर्ट एट्याक’ भयो, डाक्टर भन्छन्– ‘Streptokinase इन्जेक्सन लिएर आऊ । १४ हजार जति पर्ला !’ इन्जेक्सनको वास्तविक मूल्य हजार–एघार सयको बीचमा छ । तर, त्यसमा एमआरपी १४ हजार लेखिएको छ । तपाईं के गर्नुहुन्छ ?

तपाईंको छोरालाई टाइफाइड भयो । डाक्टरले लेखिदिए– कुल 14 Monocef आवश्यक पर्छ । होलसेलमा त्यसको दाम रु. ४० छ, तर केमिस्टले तपाईंलाई ८५ रुपैयाँ ठटाउँछ । तपाईं के गर्नुहुन्छ ?

तपाईंको आमाको किड्नी फेल भएको छ । हरेक तेस्रो दिन डाइलासिस हुने गर्छ । डाइलासिसपछि एउटा इन्जेक्सन लाग्छ रु. २९ सयको । तपाईं सोच्नुहुन्छ कि बजार गएर होलसेल मार्केटमा किन्नुपर्ला, सस्तो भेटिन्छ कि ?! तर पूरै नेपाल चहार्नुस् फेला पर्दैन, किन ? किनकि, कम्पनीले त्यो केवल डाक्टरलाई सप्लाई दिन्छ । उक्त इन्जेक्सनको वास्तविक मूल्य आठ सय हो, डाक्टरले भने आफ्नो अस्पतालबाट एमआरपी २९ सयमा मात्रै दिन्छ । तपाईं के गर्नुहुन्छ ?

तपाईंको बच्चालाई इन्फेक्सन भएको छ । डाक्टरले जुन एन्टिबायोटिक लेखे त्यो एउटाको ८७० रुपैयाँ लिइन्छ । त्यही चिज कुनै अर्को कम्पनीको जम्मा २ सय ४० रुपैयाँको हो र वास्तविक मूल्य त अझ जम्मा ७५ रुपैयाँ मात्र हो । तर, केमिस्टले तपाईंलाई अस्वीकार गरिदिन्छ– ‘अँ हँ ! हामी जेनेरिक राख्दैराख्दैनौँ ।’ अर्को कम्पनीलाई दिँदैन, त्यहीँ मात्र दिन्छ जहाँ डाक्टरसा’वले सिफारिस गरेको हुन्छ अर्थात् ८ सय ७० वाला… । तपाईं के गर्नुहुन्छ ?
बजारमा अल्ट्रासाउन्ड टेस्ट रु. १२ सयमा हुन्छ । चेरिटेबल डिस्पेन्सरी रु. ३ सय ९० मा गर्दछ । रु. १२ सयमा डाक्टरको कमिसन रु. पाँच सय हो । एमआरपीमा डाक्टरको कमिसन रु. ३२ सयदेखि ४८ सयको बीचमा छ । डाक्टर र अस्पतालहरूको यस्तो लुट ! यो लुटमारको नाङ्गो नाच बेधडक देशमा चलिरहेको छ । फर्मास्युटिकल कम्पनीहरूको ‘लबी’ यति दह्रिलो छ कि तिनले देशलाई सीधै बन्धक बनाएर राखेका छन् । डक्टर, अस्पताल र औषधि कम्पनीहरू सबका सब मिलेका छन् । सबै मिलेर सरकारलाई ब्ल्याकमेल गर्छन् । तपाईं के गर्नुहुन्छ ?

सबैभन्दा यक्षप्रश्न– समाजका हल्काफुल्का कुरालाई मरमसला हालेर मिडियाहरू वाक्कै लाग्नेगरी प्रचारप्रसार गर्छन्, तर डाक्टर, अस्पताल र औषधि कम्पनीहरूको यो खुल्लमखुल्ला लुटबारे कोही किन बोल्दैनन् ? मेडिकल ‘लबी’को दादागिरी कसरी रोकिन्छ अब ? मिडियाले नै यस्तो गर्छ भने यो उजागर गर्ने कसले त ? यो ‘लबी’ले सरकार, जनता सबका सबलाई लाचार बनाएको छ । मिडिया किन चुप बस्छ ? कि मिडिया पनि बिकाउ भइसके ? २ सय रुपैयाँ माग्दा ट्याक्सी या अटोवालाको कठालो समात्नुहुन्छ तपाईं, कपडाको कलर समातेर झापड मार्न पनि चुक्नुहुन्न होला ! तर डाक्टरसा’वलाई के गर्नुहुन्छ ?

– नर्स नेपाल