महाभारतकालीन नारीवाद– २

महाभारतकालीन नारीवाद– २


Babita Basnet New

– बबिता बस्नेत

अहिले भए कुन्तीलाई भरतवंशकी बुहारी राजमाता भनेर कसैले मान्थ्यो–मान्दैनथ्यो यसै भन्न सकिन्न । ससाना कुरामा शङ्का–उपशङ्का गरेर बुहारीलाई घरबाट निकालिदिने र चरित्रका नाममा सम्बन्धविच्छेद दिने समाजमा कुन्तीको स्थान कहाँ हुन्थ्यो होला ? नारीवादका नाममा हिन्दू धर्मशास्त्रहरूको विरोध गर्नेहरूले यस्ता कुराहरूलाई सूक्ष्म रूपले हेरेर विश्लेषण गरेजस्तो लाग्दैन । महाभारतका धेरै प्रसङ्गमा अहिलेका महिलाभन्दा महाभारतकालीन महिला सशक्त लाग्छन् । पुरुषलाई वंश परम्परा धान्ने संज्ञा दिएर वंशजको अधिकार दिने समाजमा महिलाले वंश धान्नका लागि गरेका अनेक प्रयास महाभारतमा लिपिबद्ध छन् । ‘जब पुरुषले कुनै काम गर्न सक्दैन, त्यो काम महिलाले गर्नुपर्छ’ भन्ने सत्यवतीको संवाद वंश–परम्परा धान्ने सवालमा मात्र होइन, राज्य सञ्चालनका सवालमा पनि त्यत्तिकै लागू हुन्छ ।

महाभारतमा सबैभन्दा उल्लेखनीय नारी पात्र को हुन् ? भनेर गरिने प्रश्नमा यस पङ्क्तिकारको उत्तर हुन्छ, ‘सत्यवती’ । यद्यपि गान्धारी, कुन्ती र द्रौपदीको प्रसङ्ग यसअघि ‘महाभारतकालीन नारीवाद’ (मङ्सिर १५, २०७३, घटना र विचार) मा उल्लेख भइसकेको छ । देश र वंश परम्परा चलाउनका लागि कुन हदसम्मको नीति अवलम्बन गर्नुपर्ने हुन सक्छ भन्ने कुराको उदाहरण हुन् सत्यवती । महाभारत पुरुषको युद्ध भए पनि भरतवंश धान्नका लागि महारानी सत्यवतीको योगदान कल्पना नै गर्न नसक्ने प्रकारको छ । आफ्नी बुहारीलाई आफ्नो छोरा अर्थात् ती बुहारीका पतिबाहेक अरू कसैसँग शारीरिक सम्बन्ध राख भनेर कुन आमाले भन्न सक्छ ? त्यसो भन्नु उचित थियो या थिएन बहसको विषय हुन सक्छ । तर, उनले बुहारीलाई गरेको ‘काउन्सिलिङ’ आश्चर्यलाग्दो छ । अहिले हामी एकल महिलाको पुनर्विवाहको कुरा गरिरहेका छौँ, त्यतिबेला सत्यवतीले आफ्ना एकल बुहारीहरू गर्भवती हुने परिकल्पना मात्र गरिनन्, व्यास (उनकै विवाहपूर्वका छोरा)सँग सम्बन्ध राख्न बुहारीहरूलाई मानसिक रूपले तयारसमेत गरिन् । यद्यपि राजकुरमारको कल्पना गर्दै हुर्किएका राजकुमारसँगै विवाह भएका बुहारीहरूलाई गेरु वस्त्र र चन्दनको टीका लगाएका, लामो दारी पालेका, हेर्दै डर लाग्दा ऋषिसँगको सम्बन्ध सहज भएन । तथापि त्यतिबेलाको जमानामा त्यो स्तरको सोच आफैँमा आश्चर्यजनक छ ।

राजा सन्तनुसँग विवाह भएपछि उनका दुई छोरा जन्मिए, चित्राङ्गद र विचित्रविर्य । चित्राङ्गदको सानैमा मृत्यु भयो । दुई रानी भित्र्याएको केही दिनमै विचित्रविर्यको पनि निधन भयो । राजा सन्तनुको पहिल्यै निधन भइसकेको थियो । छोराको मृत्युको शोक त छँदै थियो, त्यसमा पनि सन्तान नभई भएको मृत्युले वंश परम्परा मात्र होइन देशको नेतृत्वमै सङ्कट आउने कुराले सत्यवतीलाई थप चिन्तित बनायो । आफ्नै लागि गरिएको सौतेनी छोरा भीष्मको प्रतिज्ञा तोड्न नसकेपछि उनले आफू मत्स्यगन्धा हुँदै जन्मिएको छोरा र विधवा बुहारीहरूको सम्बन्धको परिकल्पना गरेकी थिइन् । ऋषि व्यासले आफ्नो भेष बदलेर राजकुमारीहरूसँगको सम्बन्धका लागि योग्य बन्न केही समय मागे पनि उनले दिइनन् । कारण, आफ्ना बुहारीहरूमाथि कसैले शङ्का नगरुन् भन्ने चाहना नै हो भन्न सकिन्छ । छोराको मृत्यु भइसकेको अवस्थामा लामो समयपछिको गर्भधारणले बुहारीहरूमाथि लोकको शङ्का जन्मन सक्थ्यो । बुहारीलाई काउन्सिलिङ गर्ने क्रममा सासू सत्यवतीले भनेकी थिइन्, ‘बच्चा जन्माएर कुल परम्परा धान्ने काम तिम्रा श्रीमान् अर्थात् मेरो छोराको थियो, तर ऊ आफ्नो कर्तव्य पूरा नगरी यो संसारबाट बिदा भयो । जब पतिले गर्नैपर्ने कुनै कर्तव्य गर्दैन त्यो पत्नी स्वयम्ले गर्नुपर्ने हुन्छ, जाऊ ऋषि व्यास तिमीलाई पर्खिरहेका छन् ।’

सासूको आज्ञालाई बुहारीहरूले बिनाप्रतिवाद स्वीकार त गरे, तर प्रेमी या जीवनसाथीको रूपमा राजकुमारको कल्पना गर्दै हुर्किएका उनीहरूका लागि ऋषिसँगको सम्बन्ध सहज हुने कुरै भएन । ऋषि व्यासलाई देखेपछि बुहारी अम्बिका डराइन् र आँखा चिम्लिइन्, परिणामतः दृष्टिविहीन बच्चाको जन्म भयो, धृतराष्ट्र । ऋषिले आमा सत्यवतीलाई अम्बिकाले अत्यधिक डराई दुवै आँखा चिम्म गरेकाले दृष्टिविहीन बच्चा जन्मिने बताएपछि उनले अर्की बुहारी अम्बालिकालाई पनि दिदीलाई जस्तै गरी काउन्सिलिङ गरिन् । अम्बिका र अम्बालिका दिदीबहिनी थिए । अम्बालिका पनि डराइन्, ऋषिलाई देखेपछि उनको पूरै शरीर डरले सेतो भयो । परिणामतः पाण्डु जन्मिए, जन्मँदै रोगी । दिदीबहिनी दुवै डराएपछि दिदी अम्बिकाले आफ्नी दासीलाई ऋषिसामु पठाइन् । सपना फरक भएका कारणले हुन सक्छ, दासी उक्त सम्बन्धमा रोमाञ्चित भइन्, परिणाम विदुर जन्मिए । धुरन्धर विद्वान्का रूपमा रहेका उनको विदुरनीति प्रख्यात छ ।

अहिले मेडिकल डाक्टरहरू भन्छन्– महिलाहरूले गर्भवती हुँदा चिन्ता लिनुहुँदैन, मन खिन्न गर्नुहुँदैन, खुसी रहनुपर्छ, सकारात्मक सोच्नुपर्छ । यो कुरा महाभारतकालमै स्थापित भइसकेको थियो । सम्बन्ध राख्दाको परिस्थिति र मुडअनुसारको बच्चा जन्मिन्छ भन्ने उदाहरण धृतराष्ट्र, पाण्डु र विदुर हुन् । महाभारतकाल र वर्तमान समयको फरक के हो भने यतिबेला भए विदुरको कानुनी हैसियतको खोजी हुन्थ्यो, तर त्यतिबेला कसैले प्रश्न उठाएन र उनी हस्तिनापुरका मन्त्री बनेर राजकाजमा सधैँ सहभागी भए । महाभारतको युद्ध सुरु भएपछि विदुर धृतराष्ट्रका आँखा नै बने भने पनि हुन्छ, राजा धृतराष्ट्रलाई युद्धको सारा वर्णन उनैले गरेका हुन् ।

अहिले मेडिकल डाक्टरहरू भन्छन्– महिलाहरूले गर्भवती हुँदा चिन्ता लिनुहुँदैन, मन खिन्न गर्नुहुँदैन, खुसी रहनुपर्छ, सकारात्मक सोच्नुपर्छ । यो कुरा महाभारतकालमै स्थापित भइसकेको थियो । सम्बन्ध राख्दाको परिस्थिति र मुडअनुसारको बच्चा जन्मिन्छ भन्ने उदाहरण धृतराष्ट्र, पाण्डु र विदुर हुन् । महाभारतकाल र वर्तमान समयको फरक के हो भने यतिबेला भए विदुरको कानुनी हैसियतको खोजी हुन्थ्यो, तर त्यतिबेला कसैले प्रश्न उठाएन र उनी हस्तिनापुरका मन्त्री बनेर राजकाजमा सधैँ सहभागी भए । महाभारतको युद्ध सुरु भएपछि विदुर धृतराष्ट्रका आँखा नै बने भने पनि हुन्छ, राजा धृतराष्ट्रलाई युद्धको सारा वर्णन उनैले गरेका हुन् ।

अहिले भए कुन्तीलाई भरतवंशकी बुहारी राजमाता भनेर कसैले मान्थ्यो–मान्दैनथ्यो यसै भन्न सकिन्न । ससाना कुरामा शङ्का–उपशङ्का गरेर बुहारीलाई घरबाट निकालिदिने र चरित्रका नाममा सम्बन्धविच्छेद दिने समाजमा कुन्तीको स्थान कहाँ हुन्थ्यो होला ? नारीवादका नाममा हिन्दू धर्मशास्त्रहरूको विरोध गर्नेहरूले यस्ता कुराहरूलाई सूक्ष्म रूपले हेरेर विश्लेषण गरेजस्तो लाग्दैन । महाभारतका धेरै प्रसङ्गमा अहिलेका महिलाभन्दा महाभारतकालीन महिला सशक्त लाग्छन् । पुरुषलाई वंश परम्परा धान्ने संज्ञा दिएर वंशजको अधिकार दिने समाजमा महिलाले वंश धान्नका लागि गरेका अनेक प्रयास महाभारतमा लिपिबद्ध छन् । ‘जब पुरुषले कुनै काम गर्न सक्दैन, त्यो काम महिलाले गर्नुपर्छ’ भन्ने सत्यवतीको संवाद वंश–परम्परा धान्ने सवालमा मात्र होइन, राज्य सञ्चालनका सवालमा पनि त्यत्तिकै लागू हुन्छ ।

मत्स्यगन्धाको कथा झनै रोचक छ । सत्यवतीकै पूर्वरूप हुन् मत्स्यगन्धा । जो माझीको काम गर्थिन् । मानिसहरूलाई डुङ्गामा राखेर वारिपारि गर्नु उनको दैनिक कार्य थियो । यसको अर्थ कामकाजी महिला त्यतिबेलादेखि नै थिए जो आफैँ काम गरेर गुजारा गर्थे । परासर ऋषि र उनको सम्बन्धलाई प्रेमभन्दा बढी ऋषिको शक्ति प्रयोगका रूपमा लिनुपर्छ शायद । ऋषि परासर र मत्स्यगन्धाको सम्बन्धबाट व्यासको जन्म भएको थियो, जो पछि ऋषि वेद व्यासका नामले प्रसिद्ध भए । तनहुँमा उनको जन्म भएबाट मत्स्यगन्धाको कार्य थलो पनि त्यही वरिपरिको नदी थियो भनी अनुमान गर्न सकिन्छ । उनै मत्स्यगन्धालाई कामकाजी रहेकै अवस्थामा राजा सन्तनुले मन पराई विवाह गरेका थिए । सम्बन्धमा उदार हुनु नारीवादको परिभाषाभित्र पर्दैन । तर, महाभारतकालीन महिलाहरूले जे गरे तिनले आफ्नो खुसी र सन्तुष्टिका लागि कम र वंश परम्पराको हितका लागि बढी गरेको देखिन्छ ।