
कुनै बेलाका चर्चित वामपन्थी (एमाले) नेता राधाकृष्ण मैनालीद्वारा लिखित पुस्तक ‘नलेखिएको इतिहास’ सार्वजनिक गरिएको छ । पूर्वमन्त्रीसमेत रहेका मैनालीको पाँच दशक लामो राजनीतिक जीवनको अनुभवमा आधारित सो पुस्तक गत शनिबार प्रज्ञा भवनमा आयोजित विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको हो । बहुचर्चित तथा ऐतिहासिक झापा विद्रोहदेखि अहिलेसम्मका आफूसँग जोडिएका राजनीतिक घटनाक्रम मैनालीले पुस्तकमा समेटेका छन् । खासगरी जेलजीवनका भोगाइ, राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालको सरकारमा मन्त्री हुँदाका अनुभूति, नेकपा (माओवादी केन्द्र)मा प्रवेश र एमालेमा पुनरागमनलगायतका सन्दर्भलाई पुस्तकमा महत्व दिइएको छ । वरिष्ठ पत्रकार भैरव रिसाल र लेखक स्वयम्द्वारा लोकार्पित पुस्तकबारे प्राध्यापक कृष्ण पोखरेल, प्रा.डा. सुरेन्द्र केसीलगायतले समालोचनात्मक मन्तव्य दिएका थिए ।
‘भ्यालेन्टाइन डे’को अवसरमा कवि गोष्ठी
‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम दिवसको पुष्पपराग साहित्य प्रतिष्ठान लोकन्थलीले ओम ज्ञान मन्दिरमा एक कवि गोष्ठीको आयोजना गरी मनायो । सभापति र प्रमुख अतिचिथ नराख्ने र सोभैm कवि गोष्ठी गर्ने परम्पराअनुरूप भागवत् आचार्य, डा. घनश्याम परिश्रमी, ज्यो. रत्ननिधि रेग्मी शुक्राचार्य, जित कार्की, प्रमोद प्रधान, डम्बर घिमिरे, नीराजन तिमिल्सिना, अस्मिता खनाल, राधिका पन्त, एञ्जिला अधिकारी, ब्रह्मप्रिय प्रेमस्वरूप, भुवन सिवाकोटी, जयन्ता पोखरेल, भगवती रोकाय, रञ्जिता थापा, उर्मिला कोइराला, प्रदीप मैनाली, लीलाराज दाहाल, रामचन्द्र सिवाकोटी, तोयनाथ भट्ट आदिले कविता, गीत, गजल वाचन गरेका थिए । प्रतिष्ठानका अध्यक्ष डा. यज्ञेश्वर निरौलाले धन्यवाद ज्ञापन गरेका थिए ।
यस्तै, मानवअधिकार तथा शान्ति समाजले आफ्नो नियमित ५२औँ शृङ्खला शान्ति काव्य प्रवाह सम्पन्न ग¥यो । गत माघ २७ गते सहिदहरूको सम्झनामा आयोजित उक्त विशेष कवि गोष्ठीमा गजलकार ज्ञानुवाकर पौडेलको विशेष आतिथ्य तथा शान्ति समाजका अध्यक्ष गंगाधर अधिकारीको अध्यक्षता रहेको थियो भने रामबहादुर पहाडी, कृष्ण पहाडी, भाग्यशाली अधिकारी, प्रकाशमणि दाहाल, ज्यो. रत्ननिधि रेग्मी शुक्राचार्य, राजेन्द्रप्रसाद अधिकारी, मेनका पोखरेल, जसध्वज गुरुङ, लक्ष्मी ऐडी, कृष्ण कँडेल, नीराजन तिमिल्सिना, ओमप्रसाद कोइराला, मुकुन्द न्यौपाने, चन्द्रश्री कार्की, पुण्य गौतम विश्वास, ऋचा, रश्मि रिमाल, रामेश्वरी पन्त, रुद्र अधिकारी, बाबुराम लामिछाने, भुवन सिवाकोटी, ब्रह्मप्रिय प्रेमस्वरूप, मुकुन्द पौडेल, विजयध्वज थापा, शिवलक्ष्मी थापा, पुष्पा धमला आदिले कविता, गीत, गजल र मुक्तकहरू वाचन गरेका थिए । जगन्नाथ पुडासैनी, ज्ञानु आचार्य, जनकप्रसाद भण्डारी, यदुप्रसाद खतिवडा आदिले विभिन्न प्रकारका सेवा प्रदान गरेका थिए । सो अवसरमा शान्ति समाजले लागूपदार्थ दुव्र्यसनविरुद्ध जागरण अभियान सुरु गरेको विज्ञप्ति पनि जारी गरेको थियो ।
प्रतिक्रिया