मधेसी यहाँ छन् मधेस कहाँ छ ?

मधेसी यहाँ छन् मधेस कहाँ छ ?


Dr-Bal-Krishna-Thapa

– डा. बालकृष्ण थापा

इतिहासको पाना पल्टाए थाहा छ ?
भूगोलका रेखा तन्काए त्यहाँ छ ।
वंशका हाँगा लम्ब्याए यहाँ छ
मधेसी यहाँ छन् मधेस कहाँ छ ?

भूगोलमा हिमाल, पहाड र तराई छ
शास्त्रमा भारतवर्ष महान् र विशाल छ
उत्पत्तिमा रामापिथेकससमेत यहाँ छ
मधेसी यहाँ छन् भन मधेस कहाँ छ ?

शिवजीका सन्तान अरे भलै विष्णुको छ
जे होस् पानीझैँ वंश तलै झरेको छ
इन्द्रजाले रावणी स्वार्थले गर्नु गरेको छ
भन मधेसी यहाँ छन् मधेस कहाँ छ ?

मध्यदेशबाट मधेस भएको रहेछ
३० वर्ष भारत वर्षमा अध्ययन गर्नेले भन्छ
भनिदेउन बाबै मध्यदेश त्यहाँ छ
मधेसी यहाँ छन् मधेस कहाँ छ ?

पारिका नेता भन्छन् हिमाल, पहाड, तराई छ
यताका नेता भन्छन् हिमाल मधेस–तराई छ
सँगै मिलेर बसेका बीच चडाली उडाली द्वेष छ
लौन भन्देउ मधेसी यहाँ छन् मधेस कहाँ छ ?
देशको माया छ भने छातीमा हात राखेर
लौन बताइदेऊ
मधेसी यहाँ छन् मधेस कहाँ छ ?