
डेढ वर्षअघि मात्र विवाह गरेर घर भिœयाइएकी प्रिय पत्नीले अकस्मात् आत्महत्या गरेको पीडाले रन्थनिएकै बेला हिजोसम्म अत्यन्त माया र सम्मान दिँदै आएको ससुराली पक्षले कपोलकल्पित आरोप लगाएर कानुनी झमेलामा पारिदिँदा कुन पुरुषको हृदय छियाछिया हुँदैन होला ? अपराध गर्नु त परको कुरा, त्यसबारे सोच्न पनि नसक्ने स्वभावको शिक्षित तथा जेहेनदार आफ्नो छोरोमाथि कसैले हत्याराको आरोप लगाउँदा कुन बाबुआमाको मन रुँदैन होला ? तर, दिन बिग्रिँदा असल व्यक्तिले पनि आरोप र आलोचना खेप्नुपर्ने रहेछ । पीडाको यस्तै भूमरीमा परेका छन् यतिबेला इन्जिनियर विप्लव सुवेदी तथा उनका परिवारजन ।
ललितपुर महालक्ष्मी–१७, इमाडोलनिवासी विप्लवकी २१ वर्षीया पत्नी प्रिया सुवेदीले गत २ गते सोमबार आफू सुत्ने कोठामै आत्महत्या गरिन् । श्रीमान् विप्लवलगायत सासू रिना र घरका अन्य सदस्यले समेत प्रियालाई अत्यन्त माया गर्दथे । सानातिना गल्ती गरे पनि उमेरजन्य स्वभाव भनेर सामान्य रूपमा लिन्थे । तर, घटनाको अघिल्लो दिन विप्लव र प्रियाबीच थोरै कटुताको अवस्था पैदा भएछ । विवाहित भएर पनि प्रियाले कुनै परपुरुषसँग ‘लभ अफेयर’ चलाइरहेको प्रमाण उनको मोबाइलमार्फत विप्लवले थाहा पाएछन् । यस विषयमा सोधपुछ गर्दा जुन ढङ्गले प्रिया प्रस्तुत भइन्, त्यसले विप्लवको मनमा शङ्का बढाएछ । उनले त्यसलाई सामान्य रूपमै लिए पनि एकपटक ससुरासँग ‘सेयर’ गर्दा मन हल्का हुने ठानेर ससुरा प्रद्युम्न देउजालाई जानकारी दिएछन् । छोरीको व्यवहारबाट रुष्ट बनेका प्रद्युम्नले छोरीलाई बेस्सरी हप्काएछन् । मोटामोटी भएको यत्ति थियो । तर, आफ्नै व्यवहारका कारण त्रसित र लज्जित बनेकी कोमल हृदयकी प्रियाले आत्महत्याको बाटो रोज्न पुगिन् ।
विप्लवका हजुरबुबा हरिबहादुरका अनुसार नातिनीबुहारीले आत्महत्या गरेको थाहा पाएपछि टोलछिमेकका पाँच–सातजनाको रोहबरमा झ्याल फोडेर कोठामा पसियो, खबर पाएलगत्तै प्रहरी पनि आइपुगे र प्रहरीले घटनास्थलको प्रकृति मुचुल्का पनि लियो । संयोगले बुहारीकै आफन्त पर्ने सीआईबी इन्स्पेक्टर गोविन्द थापाको पहलमा पोस्टमार्टम सम्पन्न भयो । पोस्टमार्टम रिपोर्ट हेरी डाक्टरहरूले ब्रिफिङ गरेअनुसार प्रियाले सतप्रतिशत आत्महत्या नै गरेकी हुन्, कुनै अन्य प्रकारको लक्षण नपाइएकोले पोस्टमार्टम रिपोर्ट पनि सोहीअनुसार नै आयो । तर, दुर्भाग्यले पछ्याएको सुवेदी परिवारमाथि यतिबेला जबर्जस्ती बुहारीको हत्या गरेको आरोप लागेको छ । सुरुमा छोरीको व्यवहारप्रति रुष्ट हुँदै गाली गर्ने प्रियाका बाबुसमेत आरोपमा उत्रिएका छन् । आफ्नो रगतको टुक्रासँग अकालमा विछोडिनुपर्दा कुन बाबुआमाको मन रुँदैन र ? प्रद्युम्नलाई पनि सायद यस्तै भयो । तर, सबै घटनाक्रमसँग परिचित हुँदाहुँदै पनि उनले सुवेदी परिवारमाथि आरोप लगाएबाट विप्लवलगायत सुवेदी परिवारका सदस्यहरू थप मर्माहत भएका छन् । एकातिर प्रिय बुहारी गुमाउनुपरेको पीडा, त्यसमाथि सोच्नै नसकिने हत्याको आरोप ।
आफूहरू पहुँच र पावर नभएको सामान्य नागरिक भएकाले यस्तो आरोप खेप्नुपरेको हरिबहादुरको बुझाइ छ । प्रहरीले जारी राखेको अनुसन्धान प्रक्रियालाई नै प्रभावित पार्ने ढङ्गले प्रियाका परिजनले व्यवहार गरेकोप्रति दुखित हुँदै उनी भन्छन्, ‘मेरो नातिले त्यस्तो कर्म कुनै हालतमा पनि गर्न सक्दैन, निष्पक्ष अनुसन्धान हुनुप¥यो, अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने काम कतैबाट हुनुभएन ।’ उक्त घटनाको अनुसन्धानमा संलग्न सातदोबाटोस्थित प्रहरी वृत्तका इन्स्पेक्टर सागरविक्रम राणाका अनुसार पोस्टमार्टम रिपोर्टले प्रियाबाट आत्महत्या भएको देखिएको छ, घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र भिसेरा रिपोर्ट प्राप्त भएपछि सत्यतथ्य सार्वजनिक हुनेछ ।
प्रतिक्रिया