
– रामेश्वर राउत मातृदास
ए ऽ मेरा अभिन्न मित्र !
बाहिर होइन तिमी विराजमान छौ
यही पवित्र हृदयभित्र,
अहा † तिम्रो उही अविचलित-अदम्य स्वरूप
जगमगाइरहेको छ देदिव्य मुहार सचित्र
जति सम्झूँ हरपल सम्झँदै
हुन्छु म आफैँ पवित्र
ए ऽ मेरा अभिन्न मित्र…
।।१।।
सम्झनाका डालीडाली
मन–फूलका माली
बिर्सी बस्न सक्दिनँ म
तपस्याको बाली
मेरो भन्नु म होइन केही
एक झल्को पात्र
तिमी फुल्छौ सबै रङ्गमा
म त अबिर मात्र
यही अबिरको टीको लगाई
अग्निज्वाला जागूँ
फूलमाहुरी भई जुनी–जुनी
पानी–खोलो बगूँ
।।२।।
कहा“ भुल्न सक्छु र म
पारी मलाई एक्लै
धर्ती÷आकाश एकाकार छौँ
देख्नु मात्र बेग्लै
भो भो म त गन्दिनँ केही
कसको गणित गन्नु ?
तिमी मात्रै आफ्नो रै छौ
मेरो आफ्नै भन्नु
ए ऽ मेरा अभिन्न मित्र…
।।३।।
कति कति फूल फुले
कति कति रङ्ग
तिमीलाई सम्झेपछि
हुन्छु आफैँ दङ्ग
जन्मौँजन्म उन्मिलन छौँ
पिरतीको गाँठो
सिङ्गै धर्ती÷आकाश पनि
मात्र एक आँठो
ए ऽ मेरा अभिन्न मित्र …
।।४।।
छुटाएर छुट्टिँदैन
अङ्गीरस र आगो
अजम्बरी अनन्त छ
पे्रम–रसको धागो
कुन गणितले नाप्न सक्छ
मित्रताको छाती
जति जन्म भए पनि
हामी साथी–साथी
ए ऽ मेरा अभिन्न मित्र…
।।५।।
समुद्रको पानी छाल के
यी नयनका नानी
सद्भावको फूल मात्रै
हेरुँ छानी–छानी
मित्रभन्दा छैन कुनै
सग्लो महान् चित्र
तिम्रो बास होस् यो छातीमा
म हुँ तिमीभित्र
ए ऽ मेरा अभिन्न मित्र …
।।६।।
– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती
प्रतिक्रिया