शौचालयमा चार दल !

शौचालयमा चार दल !


toilet

राजनीतिक दलका नेताहरूले सिद्धान्त र मूल्य–मान्यतामा आधारित नभई भागबन्डाका आधारमा अधिकांश निर्णय लिन थालेका घटनाले जनस्तरमा कस्तो किसिमको प्रभाव पारेको छ भन्ने दृष्टान्त सिन्धुलीको एक चमेनागृहमा पनि भेटिएको छ । जुन चमेनागृहको शौचालयमा काङ्गे्रस, माओवादी, मधेसी मोर्चा र साना दलका लागि बेग्लाबेग्लै युरेनल राखिएको छ । बीपी राजमार्गमा पर्ने सिन्धुलीको झाँगाझोलीस्थित ‘ग्रिनलाइन भोजनालय’को शौचालयमा चारवटा युरेनल (पुरुषको लागि मात्र) राखिएका छन् र युरेनलसँगैको भित्तामा सम्बद्ध दलको नाम लेखिएको छ ।

एमालेको नाममा त युरेनल देखिएन, तपाईंको भोजनालयमा एमाले समर्थकहरू नआउने हुन् कि भनी जिज्ञाशा राख्दा उक्त चमेनागृहका सञ्चालकले नाम नछापिदिने सर्त राख्दै भने, ‘एमालेको लागि तल अर्को ट्वाइलेट छ हजुर, तर यो सब मैले गरेकोचाहिँ होइन । ट्वाइलेट बनाउने व्यक्ति पहिले काङ्गे्रसका मतदाता थिए, पछि माओवादीको पछाडि लागे, तर अहिले उनी नेताहरूको व्यवहार र दलको कामबाट निराश र आक्रोशित भएका छन् । उनैले ट्वाइलेटमा पनि त्यसरी युरेनलपिच्छे दलको नाम लेखिदिएका हुन् ।’

यसरी दल र दलका नेताहरूको व्यवहारप्रति जनता विभिन्न ढङ्गले आक्रोश प्रकट गर्दै छन्, तर निर्लज्ज राजनीतिजीवीहरू आफ्नो सोच, शैली, बोली र व्यवहारमा सुधार नल्याउन कटिबद्ध देखिएका छन् ।
Green 1