के भयो राष्ट्रपतिलाई ?

के भयो राष्ट्रपतिलाई ?


विद्यादेवी भण्डारी

केही दिनदेखि घुँडा दुखेर हिँडडुल गर्न अप्ठ्यारो भएपछि आराम गरिरहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा सुधार आएको बुझिएको छ । अकस्मात् घुँडामा समस्या आएपछि गत शनिबार साँझ सेना दिवसको अवसरमा नेपाली सेनाले आयोजना गरेको रात्रिभोजमा उहाँ सहभागी हुन सक्नुभएन । विगत वर्षमा झैँ रात्रिभोजमा राष्ट्रपतिको उपस्थिति अपेक्षा गरिए पनि प्रधानमन्त्री प्रचण्ड मात्रै रात्रिभोजमा पुग्नुभएको थियो । राष्ट्रपति नेपाली सेनाको परामाधिपति हुनुहुन्छ । अहिले उहाँको स्वास्थ्यमा सुधार आएको, तर मानिसहरूसँगको भेटघाटलाई भने केही दिनका लागि स्थगित गरिएको थाहा भएको छ ।