
उत्तर कोरियाका नेता किम जोङ उनका सौताने दाजु किम जोङ नामको हालै मलेसियामा भएको रहस्यमयी हत्याको सूत्रधार को हो भन्ने आमजिज्ञासा गहिरिँदै गए पनि अनुमान गर्नेहरूले सो हत्यामा उत्तर कोरियाकै ‘शासक’को हात रहेको बताइरहेका छन् । हत्यामा संलग्न रहेको अभियोगमा इन्डोनेसियाली एक युवती, भियतनामकी अर्की एक महिला र उत्तर कोरियाका एक पुरुष मलेसियामा पक्रााउ परेका छन् । यीमध्येकी एक इन्डोनेसियाली महिलाले प्रहरीसँगको बयानमा आफूले जम्मा ९० डलरको लोभमा यो काम गरेको खुलासा गरेकी छिन् । ऐसयाह नामक यी महिलाले कसैले आफूलाई किम जोङ नामको अनुहारमा बच्चाको शरीरमा दल्ने तेल दलेर जिस्किने हिम्मत गर्न सके ९० डलर दिने प्रलोभन दिएपछि आफू त्यसरी तेल दल्न तयार भएको बताएकी छिन् । तर, तेल भनिएको उक्त तरल पदार्थ खतर्नाक केमिकल भएको आफूलाई थाहा नभएको भन्दै उनले आफ्नो बचाउ गरेकी छिन् । ज्ञातव्य छ, किम जोङ नामको हत्यामा प्रयोग गरिएको भिएक्स नामक विषालु केमिकल स्वाद र गन्धविहीन एक यस्तो पहेँलो तरल पदार्थ हो, जो १० ग्राम मात्र शरीरको छालामा लागे पनि नर्भस सिस्टममा असर पर्न गई मानिसको मृत्यु हुन्छ । केवल ९० डलरको लोभमा नामको अनुहारमा केमिकल दल्न अग्रसर भएको महिलाको बयानपछि प्रहरीले थप गहन अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया