अनेकताबीचको एकता

अनेकताबीचको एकता


JB Khatri

– जेबी खत्री

सधैँ हाँसेर
मात्र बोल्ने मान्छे ऊ
आजभोलि उसको
अनुहारमा हाँसो देखिँदैन ।
हामी सँगै खान्थ्यौँ ।
सँगै खेल्थ्यौँ ।
सँगै हिँड्थ्यौँ ।
सँगै मेलापात जान्थ्यौँ ।
एउटै घरका सदस्यजस्तै
थियौँ पहिले हामी ।
सँगै लेक–बेंसी गथ्र्यौँ ।
हाट–बजार सँगै जान्थ्यौँ ।
एउटै धागोमा
उनिएका फूलका
थुँगाजस्ता थियौँ ।
हामीबीचको सद्भाव
कति राम्रो थियो ।
सुख–दुःख साट्थ्यौँ
एक–अर्कामा
सँगसँगै हातेमालो गरेर
अगि बढेको
सम्झना ताजै छ ।
सङ्लो पानीजस्तो
थियो हाम्रो मन ।
बिर्सिएछ भनी
सम्झाउँन खोज्छु,
म अहिले उसलाई
ती हाम्रा सुमधुर
सम्बन्धहरू
सम्झनै चाहँदैन ऊ
अहिले त्यो अतीतलाई
अनेकताबीचको
एकतालाई ।