राप्रपाले पनि एकता–यात्रा गर्ने

राप्रपाले पनि एकता–यात्रा गर्ने


RPP

राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका चार शिर्ष नेताहरु अध्यक्ष कमल थापा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्व राष्ट्रिय अध्यक्षहरु पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा मुलुकका चार मुख्य स्थान गोरखा, कञ्चनपुर, झापा र काठमाडौबाट एकैदिन एकैसाथ एकता यात्रा प्रारम्भ गर्ने भएको छ । राप्रपाको आइतबार बसेको केन्द्रीय समितिको बैठकपछि जारी विज्ञप्तिका अनुसार राष्ट्रियता, सनातन धर्म र विकासलाई केन्द्रीत गर्ने, स्थानीय तहको निर्वाचन सन्दर्भमा पार्टीको सन्देश जनता समक्ष पु¥याउने, ऐतिहासिक एकता महाधिबेशनको सन्देश जनता तथा पार्टी कार्यकर्तासम्म पु¥याउने साथै पार्टीको संगठन निर्माणको प्रक्रियालाई अघि बढाउने उदेश्यले आगामी चैत्र ७ देखि १२ गतेसम्म राष्ट्रिय एकता यात्रा कार्यक्रम संचालन गर्ने भएको हो ।

एकता यात्रालाई प्रभावकारी ढंगबाट संचालन गर्न पार्टीका उपाध्यक्ष तथा आपूर्ति मन्त्री दिपक बोहराको संयोजकत्वमा एकता यात्रा व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि सो पार्टीले गरेको छ । महामन्त्री जयन्त चन्द महाकाली, सहमहामन्त्री चन्द्रबहादुर गुरुङ सेती, महामन्त्री डा. धवलशम्शेर राणा भेरी, सहायक महामन्त्री मनोज प्रधान राप्ती, सहमहामन्त्री हेमजंग गुरुङ गण्डकी÷धौलागिरी, उपाध्यक्ष बुद्धिमान तामाङ, बागमति, उपाध्यक्ष राजीव पराजुली नारायणी, केन्द्रीय सदस्य गंगाप्रसाद यादव सगरमाथा, उपाध्यक्ष रामचन्द्र राय जनकपुर, महामन्त्री सुनिलबहादुर थापा कोशी र महामन्त्री राजेन्द्र लिङ्देन मेची रहनुभएको एकता यात्रा अञ्चल समन्वय समिति गठन गरिएको राप्रपाले जनाएको छ ।

यसैगरी, नेपाल सरकारले संविधान बमोजिम विद्यमान स्थानीय निकाय खारेज गरी स्थानीय तहको नयाँ संरचना कार्यान्वयनमा ल्याउने तयारी गरेको र सरकारले आगामी २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा समेत गरिसकेको अवस्थामा गत केन्द्रीय कार्य समितिको बैठकले तय गरेको स्थानीय तहअनुरुप पार्टी इकाईको समायोजन निर्देशिका कार्यान्वयन गर्ने निर्णय राप्रपाले गरेको छ । जस अनुसार, नयाँ संरचनाअनुरुप गाउँपालिका वा नगरपालिका बनाउँदा पुरानो वडाहरु यथावत कायम रहेको अवस्थामा सो वडाको हाल विद्यमान वडासमितिलाई नै कायम गर्ने, गाउँपालिका वा नगरपालिका बनाउंदा दुई वा दुई भन्दा बढि वडाहरु गाभिएको अवस्थामा पुरानो वडासमितिलाई टोल समितिमा परिणत गर्ने र गाभिएका वडा कार्यसमितिहरु मध्यबाट नंया संरचना अनुरुपको वडा समिति गठन गर्ने, साविकको सिंगो गा.बि.स नंया संरचनामा एउटा वडा बनाईएको अवस्थामा पुरानो वडासमितिहरु टोल समितिमा परिणत गर्ने तथा पुरानो वडासमितिका सदस्यहरु मध्यबाट नंया वडासमिति बनाउने, साविकका दुई वा सो भन्दा बढि गा.बि.सहरु मिलाएर नंया गाउँपालिका बनाईएको अवस्थामा समाविष्ट सबै गाउँ कार्यसमितिका सदस्यहरु मध्यबाट नयाँ गाउँपालिका कार्यसमिति गठन गर्ने, नगरपालिकाको हकमा साविकको गाविसबाट समावेश हुन आएका वडासमितिका सदस्यहरु मध्यबाट नगरपालिकाको नयाँ वडासमिति गठन गर्ने, नगरपालिकामा नयाँ समावेश भएका वडाहरुको प्रतिनिधित्व नगरपालिका कार्यसमितिमा थप गर्ने र उपरोक्त बमोजिमको कार्य सम्पन्न गर्दा सहमतिको आधारमा गर्ने राप्रपाको निर्णय छ ।