अमेरिकी भिसामा कडाइ

अमेरिकी भिसामा कडाइ


राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको उदयसँगै अमेरिकी भिसामा कडाइ सुरु भएको छ । विभिन्न मुलुकका लागि लगाइएको कडाइ नेपालमा पनि लागू भएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजना हुने कमिसन अन द स्टेटस अफ विमेन (सीएसडब्लू) को कार्यक्रममा भाग लिन जानेहरूमध्ये धेरैले यसपटक भिसा पाएनन् । संयुक्त राष्ट्रसङ्घीय निकायहरू तथा अन्तर्राष्ट्रिय संस्था एवम् राजदूतावासहरूले स्पोन्सर गरेका व्यक्तिहरूलाई पनि अमेरिकाका लागि प्रवेशाज्ञा दिइएन । यसअघि यूएन तथा अन्य विश्वसनीय संस्थाहरूले गरेको स्पोन्सरसिपलाई मान्यता दिएर प्रवेशाज्ञा दिने गरिएको थियो ।

काठमाडौंस्थित अमेरिकी दूतावासमा अहिले प्रत्येक दिन प्रवेशाज्ञाका लागि निवेदनको धुइरो लागे पनि अहिले धेरै कमलाई मात्र भिसा दिने गरिएको छ । यसपटक सीएसडब्लू जान इच्छुकमध्ये अधिकांशले भिसा प्राप्त गर्न सकेनन् । अन्य विभिन्न कार्यक्रममा जानका लागि निवेदन दिनेहरूले पनि भिसा पाएका छैनन् ।

यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरि नै अमेरिकी भिसामा कडाइ गर्ने नीति ल्याउन लागेका छन् । अमेरिकाको अध्यागमनसम्बन्धी नीति विश्वभर जिज्ञासाको विषय बनेको छ । यद्यपि नीति आउनुअघि नै विभिन्न मुलुकमा भिसामा कडाइ भने सुरु भएको छ । नेपालमा पनि यसको असर देखिएको छ ।
अमेरिकी भिसामा कडाइ