‘सौर्य टुकी’को भ्रष्टारचारमाथि अख्तियारको दृष्टि

‘सौर्य टुकी’को भ्रष्टारचारमाथि अख्तियारको दृष्टि


Ram Pd Dhital

भूकम्पपीडितलाई प्रदान गर्न खरिद गरिएको सौर्य टुकीमा नियतवश घोटाला गरेको अभियोग साबित हुने अवस्था निम्तिएपछि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका हर्ताकर्तामा खलबली मच्चिएको छ । सौर्य टुकी आपूर्तिका लागि कम दर प्रस्ताव गर्ने कम्पनीलाई लत्याएर सिप्रदी ट्रेडिङबाट चर्को मूल्यमा सामान खरिद गरिएको मामलामा केन्द्रका निर्देशक रामप्रसाद धितालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेपछि सम्बद्ध कर्मचारी तप्कामा सरगर्मी बढेको हो । ४७ करोडको सौर्य टुकी खरिदमा करोडौँ रकम हिनामिना भएको आशङ्का छ । कम दर प्रस्ताव गर्ने जेभी हिमा प्रालिको प्रस्ताव षड्यन्त्रमूलक ढङ्गले रद्द गरी सिप्रदीमार्फत सामान खरिद गरिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । यस कार्यमा धितालका विश्वासपात्र चैतन्य चौधरीले अख्तियारलाई समेत झुटा विवरण उपलब्ध गराएर गुमराहमा पार्न खोजेको खुलासा भएको छ । टेन्डरका क्रममा मागिएको बैंक ग्यारेन्टीको अवधि नब्बे दिन भए पनि एक सय बीस दिनको भन्दै अख्तियारलाई गुमराहमा पार्ने प्रयत्न धिताल र चौधरीले गरेका थिए । ज्ञातव्य छ, करोडौँको सौर्य टुकी भूकम्पपीडितले पाए–नपाएको कुनै तथ्याङ्कबिना नै धितालले सिप्रदीलाई पूरै भुक्तानी दिएको सन्दर्भ शङ्कास्पद बन्न पुगेको छ ।

डा. आचार्यलाई सफाइ
Dr. sunil
सरकारी अस्पतालमा सेवारत स्त्रीरोग विशेषज्ञ डा. सुनील आचार्यमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लगाएको आरोप जिल्ला अदालत चितवनले असत्य साबित गर्दै सफाइ दिएको छ । नेपालको सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर चिकित्सकको प्रमाणपत्र हासिल गरी नेपालको १५ भन्दा बढी पहाडी जिल्लामा सेवा पु¥याइसकेका डा. आचार्यमाथि ब्युरोले फर्जी कागजपत्र पेस गरी प्रमाणपत्र लिएको आरोप लगाएर मुद्दा दर्ता गरेको थियो । ०७३ साल असार १९ गते ब्युरोले लगाएको मुद्दाको फैसला फागुन १८ गते चितवन जिल्ला अदालतका माननीय न्यायाधीश वासुदेव पौडेलको इजलासले गरेको हो ।