महन्थले भने– ‘हम ना इधरका रहा, ना उधरका’

महन्थले भने– ‘हम ना इधरका रहा, ना उधरका’


महन्थ ठाकुर

मधेसी मोर्चाका सर्वमान्य नेता महन्थ ठाकुरले भारतीय प्रतिनिधिमण्डलसमक्ष निकै दुःखी र भावुक हुँदै आफ्नो वेदना प्रकट गर्नुभएको छ । गत शुक्रबार (फागुन २० गते) मोर्चाका नेताहरूको कुरा सुन्न तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय कार्यालय पुगेको एक भारतीय प्रतिनिधिमण्डलसमक्ष नेता ठाकुरले भन्नुभयो, ‘हम यहाँ मर रहै हैं, आप लोग सुनते नहीँ । हमने बोर्डर पे नाकाबन्दी किया, आप कि तरफ से भी लाठी हम को ही मिली । हम ने अपने भूभाग संरक्षण कर के रखा है, आप लोक समझते नहीँ है ।’ उहाँले भारतीय भूमिका आफ्नो पक्षमा जति हुनुपर्ने थियो त्यति नभएको र भारतले ‘स्पष्ट’ भूमिका निर्वाह नगर्दा बारम्बार अपमान र पीडा व्यहोर्नुपरेको व्यथा सुनाउँदै भन्नुभयो, ‘नेपालका मतलव सिर्फ काठमाडौं घाँटी है, यह जो काठमाडौं, भक्तपुर और ललितपुर है इसीको नेपाल कह जाता है । उपत्यका बाहर के बाँकी भूभाग नेपाल नहीँ है, जैसे कि पहले पाकिस्तान भी भारतका एक अङ्ग था, भारत ने अपना ही हिस्सा माना था, लेकिन आज पाकिस्तान अलग देश के रूपमें रह रहे हैं । वैसे हि काठमाडौं घाँटी ने बाँकी भूभागोँको जबर्जस्ती अपनी नियन्त्रण मे रखा है । हम सब यहाँ अपमानित और उपेक्षित हैं, अपना जमिनका संरक्षण कर के हम नें रखा है लेकिन आप लोग कि तरफ से आवश्यक सहयोग हो नहीँ मिलरहा है ।’

यसरी नेता महन्थले आफ्नो कार्यालयमा आएका भारतीय प्रतिनिधिमण्डललाई आफ्नो कथा–व्यथा सुनाइरहँदा प्रतिनिधिमण्डलका एक सदस्य वीरेन्द्र गुप्ता अलिक गम्भीर देखिएका थिए । उनले चासो दिएर कुरा सुनेपछि महन्थले थप उत्साहित हुँदै भन्नुभयो, ‘बहुसङ्ख्यक हम है, केवल पैंतीस प्रतिशत आवादी हमारे उपर शासन कर रहे हैँ । आप लोग कुछ नहीँ करते है, हम तो ना इधरका रहा ना उधरका ।’ ठाकुरले यति भनेपछि वीरेन्द्र गुप्ताले जिज्ञाशा राखे, ‘यदि तपार्इंहरू बहुमतमा हुनुहुन्छ र अल्पसङ्ख्यकले शासन गरिरहेको ठान्नुहुन्छ भने मधेसको नाममा यति धेरै दल किन खोल्नुप¥यो ? एक भएर चुनावमा जाँदा भइहाल्छ । ‘किङ मेकर’ हुन सक्ने अवस्था हुँदाहुँदै किन तपार्इंहरू धेरै समूहमा विभाजित भएर बस्नुभएको छ ?’ गुप्ताको प्रश्नमा जवाफ दिँदै महन्थले भन्नुभयो, ‘किङ मेकर तो हम अभि भी हैं । लेकिन फिर भी हम उपेक्षित और अपमानित हैं । घर–घरमें ताजा तरकारी उपलब्ध कराने कि अतिरिक्त और कइ तरहका सेवाएँ हमारे लोग करते हैं, दुःख और अपमान भी हम को हि मिल रहा है । शादी कर के जब बहु आति है उनको नागरिकतातक नहीँ मिलता है । नागरिकता प्राप्त करने के लिए बहुत लम्बा इन्तजार करना पड्ता है, प्रशासनिक प्रक्रिया भी बहुत लम्बा और अडचनेपूर्ण होता हैं ।’

नेता महन्थले यसो भन्नुहुँदा वीरेन्द्र गुप्ताले नेपालको नागरिकता प्राप्त नहुन्जेल भारतकै नागरिकता र राहदानी प्रयोग गरेर विदेश जाने वा आवश्यकताअनुसारको काम गर्दा हुने सुझाव दिएका थिए । नेता ठाकुरको कुरा सुनिसकेपछि अन्यको कुरालाई भारतीय प्रतिनिधिमण्डलले त्यति महत्व नदिएको महसुस सहभागीहरूले गरेका थिए । भारतीय मूलका उद्यमी–व्यवसायी तथा व्यापारीहरूको बीजेपीनिकट संस्थाका प्रतिनिधिहरू वीरेन्द्र गुप्ता, रेणु शर्मा, केशवगोविन्द पाण्डे, गोपाल अरोरा, अनुपकुमार मुखर्जी, रजिनी सरिन, अभय अग्रवाल, आर दयाकरा, चन्द्रशेखर रनदेव, सुरेश कुमार, त्रिलोकीनाथ मलहोत्रा, अनुपकुमार मुदगल, गोपालकृष्ण अग्रवाल, मुकेश अग्रवाल, रेखा शर्मा, भगवतीप्रकाश शर्मा र सुशील पण्डितको उक्त प्रतिनिधिमण्डलमा सहभागिता थियो । वीरेन्द्र गुप्ताले पहिले नेपालस्थित भारतीय राजदूतावासमा कूटनीतिज्ञका रूपमा समेत काम गरिसकेको बताइन्छ ।