नदीमा फाल हानेर तस्कर फरार

नदीमा फाल हानेर तस्कर फरार


2 RP Pic

नवलपरासीको दक्षिणी सीमावर्ती इलाकामा पछिल्लो समय लागूऔषध दुव्र्यसनीका क्रियाकलापमा बढोत्तरी हुन थालेको छ । जिल्लाको दक्षिणी सुनसान इलाकामा लागूऔषध दुव्र्यसनीको चलखेल बढेको र त्यस्ता कार्र्यमा १८ देखि ३५ वर्षसम्मका युवायुवतीको संलग्नता रहेको पाइएको छ । सीमावर्ती बिसुनपुरा, भुजहवा, पकलिहवा र त्रिवेणी सुस्ताको ब्यारेज नाकामा दुव्र्यसनीको बाक्लो उपस्थितिले सुरक्षा निकायलाई थप चुनौती बढाएको बताइन्छ ।
यस क्रममा सीमापार भारत बिहार भैसालोटनको बाटो भई नारायणी नदीमा डुङ्गाबाट ठूलो परिमाणमा लागूऔषध नेपालको त्रिवेणी सुस्ता–७ नेपाली नहर निकारमा ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बलको अस्थायी पोस्ट त्रिवेणीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी बलको नियमित गस्ती टोलीले डुङ्गाबाट नेपाल ल्याइरहेको के. कोल्ड कफ सिरफ १५८ सिसी र सेरिज इन्जेक्सन ३९५० पिससहित एक भारतीय नागरिकलाई पक्राउ गरिएको सबइन्सपेक्टर प्रेम गौतमले जानकारी दिएका छन् । प्रहरीले तस्करलाई नियन्त्रणमा लिन खोज्दा एक तस्कर नदीमा हामफालेर फरार भएको र एक अर्को तस्करलाई लागूऔषधसहित पक्राउ गरेको जनाइएको छ । लागूऔषधसहित पक्राउ परेका २० वर्षीय मन्देश्वर कुमारलाई थप कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलाटारीमा कानुनी कारबाहीका लागि पठाइएको छ । लागूऔषध तस्करले भारतीय सुरक्षा निकाय एसएसबीको क्याम्पनजिकबाट ठूलो परिमाणमा लागूऔषध नेपालतर्फ नदीको बाटोबाट नेपाल लगिँदा पनि भारतीय सुरक्षा निकायले थाहा नपाउनु अर्थपूर्ण मानिएको छ ।

निजामति कर्मचारीको नयाँ समिति
नेपाल निजामति कर्मचारी युनियन (सङ्घ) नवलपरासीको सातौँ जिल्ला अधिवेशन परासीमा सम्पन्न भएको छ । अधिवेशनले १५ सदस्यीय नया“ नेतृत्व सर्वसम्मत चयन गरेको हो । लोकतन्त्रवादी निजामति कर्मचारीको उक्त संस्थाले परासीमा आयोजित भेलाबाट नया“ नेतृत्व चयन गरेको छ । जिल्लाअनर्गत विभिन्न सरकारी कार्यालयका १ सय ५३ कर्मचारीको भेलाले कर्मचारी युनियनलाई अझ बलियो बनाउँदै कर्मचारी हकहितका साथै पीडित कर्मचारीको समस्या समाधान गर्ने सामुहिक प्रतिवद्धतासमेत गरिएको थियो । सो अवसरमा केन्द्रिय पर्यक्षकको रूममा आएका नेपाल निजामति कर्मचारी युनियनका केन्द्रिय सदस्य विष्णुबहादुर रायमाझीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सहमति, सहकार्य, एकता र मेलमिलापको माध्यमबाट युनियनलाई अझ सशक्त बनाउन सकिने विचार व्यक्त गर्नुभयो । निजामति कर्मचारीले राज्यले दिइएको जिम्मेवारीलाई पूरा गर्दै आफ्नो वर्गीय हितको लागि कार्य गर्नुपर्ने उहाँको सुझाव थियो ।

सम्पन्न अधिवेशनले सुनिल लामिछामेको अध्यक्षतामा १५ सदस्यीय नया“ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको खुलातर्फको उपाध्यक्षमा मोहम्मद वजिर आलम, महिला उपाध्यक्षमा संगीता अर्याल, समावेशी उपाध्यक्षमा रामदेव महासेठ, सचिवमा हरि शर्मा वाग्ले, कोषाध्यक्षमा शकुन्तला शर्मा, सहसचिवमा बाबुराम भण्डारी र सदस्यहरूमा यज्ञप्रसाद भुषाल, धर्मराज यादव, बालकृष्ण सुवेदी, माया शर्मा सर्वसम्मत चयन हुनुभएको छ । त्यसैगरी केन्द्रिय पार्षदमा ध्रुवराज गौतम, वसन्त भट्टराई, विकास नरसिंह राणा चयन हुनुभएको छ ।

– आरपी उपाध्याय