नेतृत्व काङ्ग्रेसको, मौका पाउने वामपन्थी

नेतृत्व काङ्ग्रेसको, मौका पाउने वामपन्थी


स्वास्थ्य मन्त्रालय 2

वर्तमान गठबन्धन सरकारमा स्वास्थ्य मन्त्रालय नेपाली काङ्ग्रेसले चलाएको भए पनि फाइदा वामपन्थीहरूले बढी लिएका छन् । सैलेश सिटौलाले भनेको मानिस करारको अन्तर्वार्तामा पास नगराउँदा मध्यमाञ्चलका क्षेत्रीय निर्देशक डा. रमेशविक्रम सिंहलाई हटाइएको छ, उनको स्थानमा पाण्डे थरका वामपन्थी चिकित्सकलाई सरुवा गरिएको छ । केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा सिनियर र प्रजातन्त्रवादी डा. हरिश्चन्द्र उप्रेतीको दरकार रहेकोमा डा. राजकुमार महतोबाट दश लाख हात लगाएर सरुवा गरिएको बुझिन्छ । यसमा सोझै सैलेश सिटौला र नेता कृष्ण सिटौलाबीच डिल भएको मन्त्रालयमा चर्चा छ ।

आशाको किरण बोकेर आएका मन्त्री गगन थापाले विभिन्न परिषद्मा अध्यक्ष, रजिस्ट्रार, कार्यकारी निर्देशक एकैदिनमा नियुक्त गरेका छन् । तर, सक्षम प्रजातन्त्रवादीले अवसर पाउने अपेक्षा गरिएकोमा रकमको चलखेलका कारण अवसरवादीहरू हाबी हुन पुगेका छन् । खासगरी स्वास्थ्यका सबैजसो नियुक्तिको डिल कृष्ण सिटौलाकहाँ हुन्छ र यसक्रममा हालसम्म करोड रकम उठिसकेको अनुमान गरिन्छ । नर्सिङ काउन्सिलमा जानकी केसी जो ३६ सालदेखि मीना पाण्डेसँगै प्रजातान्त्रिक आन्दोलनमा लागेकी थिइन्, उनलाई नदिएर निजी कलेजमा पढाउने रमिला चौलागाईं लगिएको छ । स्वास्थ्य व्यवसायी परिषद्मा कृष्णप्रसाद नागिला, धनप्रसाद पौडेल, हरि आचार्यहरूको हक थियो, तर राम भण्डारी र रामचन्द्र शाहलाई मौका मिलेको छ । राम भण्डारी निजी कलेजका मालिक हुन्, उनको होप र सिस्टमा लगानी छ । रामचन्द्रचाहिँ अख्तियारको कारबाहीमा परेका व्यक्ति हुन् । उनले अध्ययन बिदा नलिई बीपीएच पढ्दा पूरै तलब दण्ड तिरेका थिए । रामचन्द्र र राम भण्डारीलाई सैलेश र कृष्ण सिटौलासँग पैसाको डिल गराउने काम हाल निलम्बनमा रहेका रामजी घिमिरेले गरेका हुन् । त्यस्तै आयुर्वेद क्षेत्र, फार्मेसी क्षेत्रको पैसाको डिल गर्ने काम देवराज लामिछानेले गरेका हुन् ।

सचिव नभएको बेला हतार–हतारमा प्रस्ताव विधि पु¥याएर नगर्दा मुख्यसचिवले प्रमाणीकरण नगरेको हुनाले राजनीतिक नियुक्ति पाएकाहरूले बहाली गर्न पाएका छैनन् । मन्त्रिपरिषद्मा प्रस्ताव विधि पु¥याएर लैजान नसक्ने मन्त्रीको ठूलो कमजोरी देखिएको छ । हाल मुख्यसचिव विदेश गएका छन् ।
आचारसंहिता लागे पनि पहिलाको मिति राखेर स्वास्थ्य सेवा विभागबाट धेरैको सरुवा र केहीको सरुवा थमौती गरिएको छ । तारा लुइँटेल र राजेन्द्र पन्त मिलेर प्रतिसरुवा एक लाखसम्म लिएका छन् । सार्वजनिक खरिदसम्बन्धी विषयमा भारतको तामिलनाडुमा भएको तालिममा सहभागी हुन उक्त कामसँग मतलब नराख्ने मानिसलाई सहभागी गराइएको छ । राज्यमन्त्रीको सचिवालयमा बस्ने दिलीप श्रेष्ठ, मन्त्रालयको प्रेम बिकेलगायतको जम्बो टिम त्यहाँ गएको छ । यसप्रकार गगन विष्ट, रेवती थापालगायतका वामपन्थीले बढी मौका पाएका छन् ।

आपूर्ति व्यवस्था महाशाखामा निकालेको फार्मेसी अफिसर, डाटा अफसर र सहायकमा मन्त्रीको नाममा पैसा सङ्कलन गर्ने सैलेशले सिफारिस गरेका मात्र परेका छन् । यसमा उपसचिव बाबुराम लामिछानेले ठूलो चलखेल गरेका छन् । सचिव उप्रेतीको नातेदार सरिता उप्रेतीको नाम निकालेर सचिवको चाकडी गरेका छन् ।
– स्वास्थ्य मन्त्रालयका पीडित कर्मचारी