बहिनीको सेवामा दूतावासको गाडी

बहिनीको सेवामा दूतावासको गाडी


arjun-karki

अनियमित क्रियाकलाप र भ्रष्टाचारका कारण बारम्बार चर्चामा आइरहने अमेरिकास्थित एमालेका राजदूत अर्जुन कार्कीले ‘हेर्दा सानो लाग्ने’ तर आलोच्य कर्म दोहो¥याएका छन् । नेपालमा अर्जुनद्वारा सञ्चारित आरआरएन नामक गैरसरकारी संस्था एनजीओको प्रतिनिधिका रूपमा न्युयोर्कमा आयोजित कार्यक्रममा भाग लिन अमेरिका पुगेकी उनकी बहिनी लक्ष्मी कार्कीलाई लिन वासिङ्गटन डीसीदेखि दूतावासको गाडी पठाएपछि दूतावासका कर्मचारी तथा यसको जानकारी पाउनेहरू आश्चर्यचकित र दुःखी भएका छन् । कार्कीले डीसीदेखि न्युयोर्कको जोन एफ केडेनी अन्तर्राष्ट्रिय विमानस्थलसम्म बहिनीलाई लिन र भोलिपल्ट न्युयोर्क पु¥याउन सरकारी गाडीको दुरुपयोग गरेका हुन् । यसअघि कुनै पनि राजदूत या दूतावासको कर्मचारीका आफन्तहरू न्युयोर्क भएर डीसी जाने क्रममा रेलको प्रयोग गर्ने र डीसीस्थित रेलवे स्टेसनसम्म मात्र दूतावासको गाडी लिन–पु¥याउन जाने चलन थियो । कार्कीले भने मितव्ययिताको पुरानो परम्परा भङ्ग गर्दै सरकारी साधनको दुरुपयोग गरेका छन् ।